site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेरुत । उत्तरी सिरियामा सरकारी सुरक्षाबल र जिहादीबीच भएको झडपपछि सेनाले गरेको जवाफी कारबाहीको क्रममा कम्तीमा ७० जना मारिएका छन् ।

यसमा परी सरकारी सैनिक र विद्रोही लडाकूहरु मारिएका बताइएको छ । गत २४ घण्टायता गरिएको यस कारबाहीमा ती व्यक्तिको मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अलेपोको अल मलेहमा भएको यस कारबाही र झडपमा परी ३० जना सरकारी सैनिक र ३९ जना विद्रोही लडाकू मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

यसमा परी मारिनेहरुमा अल नुस्रा फ्रन्ट र अल कायदाका आतङ्ककारीहरु परेका अब्जभेटरीका प्रमुख रामी अब्दुल रहमानले बताएका छन् ।

Global Ime bank

यस झडपको क्रममा विद्रोहीले सरकारी बललाई लक्ष्यगी दुई वटा कारबम आक्रमण गरेको जनाइएको छ ।

अब्जभेटरीका अनुसार अलेपो विद्रोहीको बलियो प्रभाव रहेको नगर हो । सरकारी सुरक्षाबलद्धारा गरिएको बम आक्रमणमा दुई बालबालिकाको पनि मृत्यु भएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १५:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement