राजनीति
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्षमा असाधारण उपलब्धी हासिल गरेको दाबी गरेका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हासिल गरेको उपलब्धी अभूतपूर्व रहेको दाबी गरेका हुन् ।
प्रधानमन्त्रीले राष्ट्रिय एकताको सवालमा नयाँ उचाइ हासिल गरेको बताएका छन् । नयाँ नक्सालाई निशाना छापमा अंकित गर्ने संशोधन प्रस्ताव सर्वसम्मति भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकतामा देश एक मत भएको बताएका हुन् । राष्ट्रियसभामा पनि त्यही भावना प्रदर्शित भएको भन्दै खुसी व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७ १५:०४
प्रतिक्रिया दिनुहोस्