site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोभिड १९ र अमेरिका-चीन सम्बन्ध

कोरोना भाइरसको संक्रमणले संयुक्त राज्य अमेरिकाका धेरै नागरिकको मृत्यु भएको छ । यो भाइरस चीनबाट फैलिएको संक्रमणका लागि चीन जिम्मेवार भएको निष्कर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले निकालेका छन् । हालै अमेरिका प्रवेश गर्ने चीनका जहाजलाई प्रतिबन्ध लगाउने निर्णयसमेत ट्रंप प्रशासनले गरेको छ । सुरुमा चीन र पश्चिमी मुलुकले संक्रमणलाई गौण ठान्ने गल्ती गरेकाले यो संसारभर फैलेको देखिन्छ । 

सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखिएको कोरोनाभाइरसले विश्वभर संक्रमण गरिरहेको छ । यसको बहुआयामिक प्रभाव सबैतिर पर्ने लक्षण देखिँदै गएको छ । सुरुमा उपेक्षा र अस्वीकार गरेको चीनले यसलाई नियन्त्रण गर्न लामो समय लाग्यो । कम्युनिस्ट चीनको शासकीय शैलीले लामो समयदेखि नागरिक आवाज दबाउँदै आएको छ । कठोर बन्दाबन्दीबाट मात्र संक्रमण नियन्त्रण हुनसकेको तर्क चीनले गरेको छ ।

कोरोनाको संक्रमणको सूचना दिने चिकित्सक ली वेनलियाङको सावधानीलाई बेवास्ता गरेर उल्टै अनर्गल प्रचारको आरोपमा चिनियाँ प्रहरीले कारबाही गर्न पुग्यो । लीले सामाजिक संजालमा सार्सभन्दा भयानक महामारी फैलन सक्ने र यसबाट विश्वमा ठूलो धनजनको नोक्सानी पुग्ने, यसको शीघ्र सम्बोधनका लागि सम्बन्धित पक्ष लाग्नुपर्ने भन्दै कोभिड— १९ व्यपाकरूपमा फैलनुभन्दा पहिले नै सावधान गराएका थिए । । तर, चीन सरकारले त्यसलाई नकारात्मकरुपमा लिन पुग्यो । उनी प्रहरी हिरासतमै कोरोनाकै कारणबाट मरे तर लीको सावधानी सही सिद्ध भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस घटनाबाट चीनलाई नै ठूलो नोक्सान पुगेको विश्वास चिनियाँहरूमा छ । चीनको सरकारलाई पनि यसको ठूलो दबाब परिराखेको छ । यसपछी पनि वुहानमा संक्रमण देखिइसक्ता पनि लामो समयसम्म यसलाई प्रचारमा ल्याउन नदिई दबाइयो । संक्रमण नियन्त्रणबाहिर पुगिसक्ता पनि चीनले आफ्ना नागरिकलाई अरू देशमा पठाउने गरिरह्यो भने व्यापारिक क्रियाकलाप यथावतै राख्यो । परिणामस्वरूप इटाली, स्पेन, अमेरिकालगायत संसारभर नै कोरोना फैलन गयो । 

अहिले सबैतिर यो संक्रमण फैलिएको छ । सबै देशका नागरिक विभिन्न प्रयोजनका लागि जताततै पुगेका छन् । तिनलाई आआफ्नो देशले उद्धार गरिदिनुपर्छ । यो नागरिकको अधिकार हो भने सम्बन्धित राष्ट्रहरूको आफ्ना नागरिकप्रतिको कर्तव्य पनि हो । तर केही राष्ट्रहरूले मात्र आफ्ना नागरिकप्रति जवाफदेही वहन गरेका छन् । धेरै देशहरू देशबाहिरका आफ्ना नागरिकलाई फर्काउँदा संक्रमणको  जोखिम भएको भन्दै त्रसित छन् । कतिपय राष्ट्र तिनको व्यवस्थापन गर्न इच्छुक देखिएका छैनन् । यसले गर्दा यति लामो समय बित्दा पनि केही देशले आफ्ना नागरिकहरूको उद्धार गरिसकेका छैनन् । यो द्विविधामा मूलतः विकासशील देश रहेका छन् ।

Global Ime bank

विकसित  देशहरूले आफ्ना नागरिकबाहेक अरूको कुनै जिम्मेवारी नलिने घोषणा गरेर कतिपयले देश छाडन आग्रह गरिसकेका छन् । 

कोभिड—१९ को महामारीको दीर्घकालीन आर्थिक प्रभाव पर्ने देखिन्छ । विदेशबाट आयातित सामानबाट यो रोग सर्ने प्रचार भइराखेकाले यस्ता सामान उपयोग नगर्ने मानसिकता उपभोक्तामा बनेको छ । विशेषगरी चिनियाँ नागरिकको आवागमन  र त्यहाँ उत्पादित सामान आयात गर्न रोक लगाइँदै छ । सामानहरूको आयातनिर्यात र मानिसहरूको आवागमन बन्द हुँदा आर्थिकलगायत क्रियाकलापमा नकारात्मक प्रभाव पर्ने नै भयो । बिस्तारै सबै देशले आवागमन बन्द गराउँदै गएका छन् । सबै प्रकारका सामान ढुवानी र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लागेको छ । विश्वव्यापीरुपमा सामानको नियमित आपूर्ति प्रायः बन्द छ । कच्चा पदार्थको आपूर्ति  प्रभावित हुँदा विशेषगरी विकासोन्मुख देशका कल कारखाना बन्द छन् ।

विकसित देशका विश्वविद्यालयमा अध्ययन गर्ने ठूलो संख्यामा रहेका अन्य देशका नागरिक स्वदेश फर्कनु पर्ने परिस्थितिमा शैक्षिक तालिका प्रभावित हुनुका साथै आम्दानीको ठूलोे स्रोत बन्द भइरहेको छ । यस अवस्थामा विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनको वस्तु र सेवा क्षेत्रका उत्पादन देशभित्र मात्र खपत गर्नुपर्ने हुनसक्छ छ । विश्व बजारमा आर्थिक अवस्थामा सुधार हुन चीनको अर्थतन्त्रमा सुधार हुनु आवश्यक हुन्छ । यसका लागि चीनले आफ्नो व्यापार बजारलाई दुनियाँभर विस्तार गर्न सक्नुपर्छ । 

यसैले भाइरसको स्थायी नियन्त्रणका लागि चीनभित्र मात्र होइन संसारभर गर्न चीनले सघाउनुपर्छ । सैनिक अधिनायकवादी विधिमात्र संक्रमण नियन्त्रणमा प्रभावकारी हुन्छ भन्ने चिनियाँ सोच अहिले चीनमै अप्रिय र असफल हुदैछ । अन्य देश विशेषगरी लोकतान्त्रिक मुलुकहरूमा यो विधिले  काम गर्न सक्तैन । कतिपय विकासोन्मुख देशहरू चीनलगायतका विकसित देशको सहायताका भरमा आआफ्नो अर्थतन्त्र चलाइरहेका छन् । यस अवस्थामा ती देशको अर्थ व्यवस्था अस्थिर हुँदै गएको छ । 

महामारी कहिले नियन्त्रणमा आउने  हो ? अनुमानसम्म गर्न कठिन छ । यस परिस्थितिमा विश्व कुन स्तरको आर्थिक मन्दीबाट  गुज्रिने हो ? र अर्थतन्त्रले फेरि गति लिन कति समय लाग्ने हो ? अनिश्चित छ । यद्यपि, आर्थिक  दुरवस्था र मन्दी विश्वले सामना गर्नुपर्नेमा द्विविधा देखिँदैन । 

यस परिस्थितिमा विश्वमै आर्थिक दृष्टिकोणले प्रथम र द्वितीय स्थानमा रहेका अमेरिका र चीनकाबीचको आर्थिक, राजनीतिकलगायत कूटनीतिक सम्बन्ध कस्तो छ त ? अब आउने दिनमा कस्तो रहने हो ? हेराैँ । 

राजनीतिक आदर्श र सिद्धान्तका दृष्टिमा यी दुवै देश फरक छन् । विश्वमै लामो समयदेखि अमेरिकाले लोकतान्त्रिक विश्वको नेतृत्व गरिआएको छ भने रसियाले गरिआएको कम्युनिस्ट खेमाको नेतृत्व अब चीनले गर्ने लक्षण देखिन थालेको छ । फलस्वरूप, कूटनीतिक आवरणमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने नै भयो । दुवै देशहरू आआफ्ना उच्च आकंक्षासहित अघि बढिरहेका छन् ।

कुशल रणनीतिका आधारमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभाव विस्तार गरिराखेका छन् । यही अभीष्ट पूरा गर्ने रणनीतिअन्तर्गत चीनले ‘बेल्ट एन्ड रोड इनिसियेटिभ (बीआआई)’ का आधारमा युरोपका केही देशलगायतलाई आफ्नो छातामुनि राख्ने प्रयत्न गर्दै छ । अमेरिकाले  बीआरआई ऋणको जालोमा फसाउने र राज गर्ने चिनियाँ रणनीति हो भनी आलोचना गर्दै आएको छ र इन्डो प्यासिफिक स्ट्राटेजीलाई माध्यम बनाई विश्वमा चिनियाँ प्रभावलाई कम गर्न लागिपरेको छ ।

यसमा भारतलाई समेटी एसियामा प्रभाव वृद्धि गर्नथालेको छ । कृत्रिम बौद्धिकता ( आर्टिफिसिअल इन्टेल्लिजेन्स )  र ५– जीको प्रतिस्पर्धा दुई देशबीच अत्यन्त चर्को छ । यस प्रतिस्पर्धामा यी दुई देशहरूमध्ये कुनलाई बढी सफलता मिल्ने हो ? त्यसैमा दुवै देशको प्रभावको स्तर केही हदसम्म निर्धारण हुन पुग्छ । 

व्यापारिक प्रभावका दृष्टिले चीनले विश्व बजारमा जीवन्त उपस्थिति देखाइराखेको छ ।  संयुक्त राज्य अमेरिकालाई यो प्रभाव नियन्त्रणमा ल्याउन अत्यन्त कठिन भइराखेको छ । उसको आफ्नै बजार र अन्य देशहरूमा  समेत चिनियाँ सामानले ठूलो बजार ओगटेको छ । यही कारणले चीनको अर्थतन्त्र दोस्रो ठूलो हुन सकेको हो र सन् २०३० सम्म विश्वमै प्रथम स्थानमा आफूलाई स्थापित गर्ने रणनीतिसाथ अघिबढेको छ । व्यापारिक कारोबार हर्दा चीनले आफ्नो गन्तव्य हासिल गर्नसक्ने अवस्था देखिएको छ । अमेरिकाका लागि यो ठूलो चुनौती भएकाले सबै प्रकारको प्रयास गरेर यसलाई रोक्नै पर्ने अवस्था छ । 

चीनलाई पनि प्रतिस्पर्धामा उत्रिन सहज भने छैन । प्रविधि र स्रोत साधनका दृष्टिले  संयुक्त राज्य अमेरिका र यसका  सहयोगी लोकतान्त्रिक देशहरू  अत्यन्त सक्षम  छन् । चीनलाई स्रोत र प्रविधिमा अमेरिकासँग प्रतिस्पर्धा गर्न सहज छैन । तर, दुई देशहरूबीचको व्यापारिक प्रतिस्पर्धाले विश्वलाई नै प्रभावित बनाउँछ । यस अवस्थामा अमेरिका समर्थक देशहरूले चिनियाँ कामदारको प्रयोग कमगर्दै जाने, चिनियाँ सामानहरू आयातमा निरुत्साहित गर्नेजस्ता रणनीति अवलम्बन गर्दै जानेछन् । यस अवस्थामा यी दुई देशहरूबीच चलिराखेको ‘शीतयुद्ध’ लाई कोभिड — १९ ले अझै चर्काउने लक्षण अमेरिकी राष्ट्रपति ट्रंपले ‘चिनियाँ भाइरस’को संज्ञा दिएर देखाइसकेका छन् । 

आवेशमा आएर समस्याको समाधान हुनसक्तैन भन्ने पनि दुवै पक्ष्लाई थाहा छ । अमेरिकाले चीनको प्रभाव कम गर्न ठूलै कसरत गर्नुपर्ने हुन्छ । त्यसैले दुई देशबीचको प्रथम चरणको व्यापारिक सम्झौता सम्पन्न भएको छ र दोस्रो चरणमा प्रवेश गर्ने स्थितिमा छ । यसमा दुवै देशले रणनीति तयार गर्ने नै छन् । 

यस अवस्थाको प्रतिस्पर्धीसँग सामना गर्ने विधि आन्तरिक राजनीति, अर्थ व्यवस्था र कूटनीतिले निर्धारित गर्छ । चीनसँग नरम नीतिको अवलम्बन गर्न आन्तरिक राजनीतिले अमेरिकी राष्ट्रपति ट्रम्पलाई अनुमति दिने अवस्था छैन । संयुक्त राज्य अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै जाँदा दुई देशबीचको सम्बन्धको प्रारूप निर्धारण हुनपुग्छ । किनभने अमेरिकीहरूमा विश्वमा अब्बल नागरिक भएर बाँच्न चाहने मानसिकता लामो समयदेखि देखिँदैआएको छ ।

यसैले, चीनसँगको नरम नीति राष्ट्रपति ट्रंपका लागि असहज हुन सक्छ । यस अवस्थामा ट्रंप प्रशासनसँग दुई विकल्प देखिन्छन् । पहिलो हो, चीनसंग नरम नीति अवलम्बन गर्ने, दोस्रो चरणको व्यापार सम्झौता समेत गरी कार्यान्वयनको वातावरण बनाउने । यसका लागि चीनले अमेरिकी उत्पादनका लागि आफ्नो देशमा  अनुकूल वातावरण तयार पार्नुपर्छ । दोस्रो हो, दुई देशबीचको  कूटनीतिक सम्बन्ध  मर्यादित बनाई कडा नीति अवलम्बन गर्ने । यस बिकल्पमा जान आन्तरिक राजनीति र यसले अवलम्बन गर्दै आएको लोकतान्त्रिक आदर्श तथा सिद्धान्तले अनुमति नदिने परिस्थिति छ । तर, यस विकल्पमा जान अमेरिकी खेमाका देशहरूबीच मतैक्य जरुरी हुन्छ । प्रत्येक देशको आफ्नै विशेष परिस्थिति हुने भएकाले आआफ्ना स्वार्थ छाडेर अघिबढ्न पनि सहज हुँदैन । 

प्रथम  चरणको ब्यापारिक सम्झौता दुई देशबीच भएपछी विश्वबजारमा मुद्राको कारोबार सुधारोन्मुख देखिनु सम्बन्ध निर्धारण गर्न आधार बनेको छ । यसलाई हेरेर कोरोना भाइरसबाट उत्पन्न अर्थतन्त्रलगायतको असहज परिस्थितिमा दुवै देश परिस्थिति आआफ्नोपक्षमा राख्न लागिपरेका छन् । तर, दुवै देशबीचको न्यूनतम समझदारी विश्वको हितका लागि अपरिहार्य देखिन्छ । यी सवै परिस्थितिको निर्णायक पक्ष भने यी समस्याहरूले दुईपक्षीय वा विश्वव्यापी कुन  रुप लिन पुग्छन् भन्नेमा निर्भर गर्छ । 
  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ३, २०७७  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC