site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

अर्थमन्त्री डा. युवराज खतिवडाले कार्यकालको सुरु नै गलत कोभिड—१९ को महामारी नफैलेकै भए पनि नेपालको अर्थतन्त्र ह्रासोन्मुख भइसकेको थियो । अहिले त सरकार दैनिक प्रशासनिक खर्चसमेत चालु आयबाट धान्न आधै नपुग्ने भइसकेको अर्थमन्त्री खतिवडाले नै स्वीकार गरेका छन् । तैपनि, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तालाई पोस्न फजुलखर्ची गर्न र अर्थतन्त्र तथा मानवीय सहायतामा कन्जुसी गर्ने प्रवृत्तिले भने निरन्तरता पायो । देशभर लगभग कतै पनि मानवोचित सुविधा भएका क्वारेन्टिन छैनन् । संक्रमणको शंका भएका व्यक्तिलाई भरपर्दो परीक्षण नगरी क्यारेन्टिनबाट बाहिर पठाइँदा समुदायमा संक्रमण फैलिन थालेको छ । राज्यको बजेट भने क्वारेन्टिनको अवस्थामा सुधार गर्न वा परीक्षणको दायरा बढाउन हैन ‘भ्यु टावर’ निर्माणमा विनियोजन भएको छ । नेपाली सेना लगायतलाई यही वर्ष मोटर खरिदका लागि अर्बौँ रुपियाँ राज्यको ढुकुटीबाट खर्च गरिँदैछ । यसबाट अर्थतन्त्र र राज्यप्रति जनताको विश्वासमा ठूलो क्षति पुग्ने देखिएको छ ।       

कोभिड—१९ को संकट सुरु भएपछि नै सुकुमवासी आयोगजस्ता निहुँमा तत्कालका लागि अनावश्यक काममा राज्यको ढुकुटीबाट पार्टीका कार्यकर्ता पोस्ने काम गरिएको छ । यी सबै सामान्य तर प्रतिनिधिमूलक उदाहरण हुन् । तर, यिनले डा. खतिवडा अर्थमन्त्रीका रूपमा पूरै असफल भएको पुष्टि भने गरेका छन् । सरकार गठन हुँदा धेरैले डा. खतिवडाले अर्थतन्त्र ‘उकालो’ लाग्ने काम गर्न नसके पनि धराशायी हुने मूर्खतापूर्ण काम नहुने विश्वास गरेका थिए । दुर्भाग्य, उनीजस्ता खारिएको प्रशासकले पनि जनअपेक्षा पूरा गर्न सकेनन् । संकटका बेलामा राजस्वको वितरण झन् बढी न्यायोचित हुनुपथ्र्यो । चरम पुँजीवादी भनिएका मुलुकहरूमा समेत अहिले राज्यको ढुकुटी मानवीय सहायता र अर्थतन्त्रको पुनरुत्थानमा कन्जुरी नगरी खर्च गरिएको छ । नेपालमा पनि राज्यको सम्पूर्ण स्रोत कोभिड—१९ को संक्रमण नियन्त्रण, मानवीय सहयोग र अर्थतन्त्रलाई गतिशील बनाउने उत्प्रेरक योजनामा खर्च हुनुपर्ने थियो । सरकार भने अनावश्यक, अनुचित, अन्यायपूर्ण काममा राज्यको स्रोत दुरुपयोग गर्न प्रवृत्त देखिएको छ । यसरी राज्यको ढुकुटी 'न माउको थुनमा न बाच्छाको मुख' भने झैँ गर्नु पाप र अपराध दुवै हो । 

आम्दानीबाट अनिवार्य दायित्व नै पूरा नहुने अवस्थामा कटौती गर्न सकिने र गर्नुपर्ने सबै खर्च घटाउनु पर्नेमा अर्थमन्त्रीले भने विभिन्न प्रयोजनका लागि संकलित कोषमा आँखा लगाएको प्रतिनिधि सभामा बताएका छन् । यसो गर्नु नैतिक रूपमा जनताको ढुकुटीमा बलपूर्वक ‘लुट्नु’ नै हो । यसले थप जनअसन्तोष उत्पन्न गराउन सक्छ । जनआक्रोश रोक्ने हो भने सरकारले पहिले विशिष्ट श्रेणीभन्दा माथिमा राजनीतिक पदाधिकारीहरूको तलबभत्तामा कटौती गरोस् । सल्लाहकार, स्वकीय सचिवालयका कर्मचारी, संविधान लेखिएबाहेकका आयोग र समितिहरूजस्ता संविधानले नचिनेका पद खारेज गरियोस् । यस्तै यति बेला सरकारी निवासका सजावट, शासकहरू विलासका लागि मोटर खरिदलगायतका फजुलखर्च तत्कालै रोकियोस् । असार लागेपछि आँखा चिम्लेर चेक काट्ने ‘असारे विकास’ र रकमान्तरको कुकार्य नगरोस् । सांसद रिझाउन दिइएको कथित विकास कार्यक्रम खारेज गरोस् । यतिले पनि पुगेन भने बल्ल सरकारलाई राज्यको अरू ढुकुटी मास्ने नैतिक वैधता प्राप्त हुन्छ । नत्र, फजुलखर्चका लागि राज्यको ढुकुटी मास्न थाल्ने हो भने मुलुक टाट पल्टन बेर लाग्दैन । चेतना होस् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १, २०७७  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC