site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको अर्को चरण हो लकडाउन खुलाउनु, तर कहिले र कसरी ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोभिड–१९ का कारण सामाजिक दुरीकरणको नियम मान्छेले महिनौँ वा वर्षौँसम्म पनि पालन गरिरहनुपर्ने हुन सक्छ तर लकडाउन भनेको अस्थाइ तरिका मात्र हो । किनकी यसवापद् देश र जनताले चुकाउनुपर्ने मूल्य केही महिनामै स्पष्ट भइसकेको छ विशेषगरी गरिब देशहरुमा ।

चीनको वुहान शहरमा जनवरी २३ मा लागू गरिएको लकडाउनपछि विश्वको करिब एक तिहाइ जनसङ्ख्या आफ्नो घरभित्र थुनिएर बस्न बाध्य भयो । यसरी कुनै पनि नीति यति थोरै तयारी र बहसका साथ यस्तो व्यापक रुपमा लागू गरिनु यसअघि कसैले सोच्न पनि सक्दैनथ्यो । समाजलाई पूर्ण रुपमा बन्द गर्नु वास्तवमा सोचविचार गरि लिएको निर्णय पनि थिएन र केबल आपत्कालीन समयमा अपनाइएको हताशापूर्ण उपाय थियो । जसले महामारीको तिव्रता घटाएको पनि हो तर त्यस वापद् विश्वले धेरै ठूलो मूल्य चुकाउनु पर्यो । यसरी थुप्रै देशका सरकारहरु अहिले लकडाउन हटाउने प्रयास गर्दैगर्दा यसका परिणाम र आगामी दिनमा यसबाट हुनसक्ने फाइदाबारे गम्भीर भएर सोचिरहेका छैनन् । 

विशेषगरी गरिबहरु एकपटक तल झरिसकेपछि उनीहरुसँग फेरि माथि उठ्ने साहारा नहुने हुँदा सबैभन्दा नराम्ररी प्रभावित हुन्छन् । जस्तै सब–साहारन अफ्रिकामा अत्यन्तै कम आय भएको एक व्यक्तिले सामान्य अवस्थामा समेत सरकारबाट सामाजिक सहयोग पाउने सम्भावना ४ प्रतिशत मात्र हुन्छ भने कोभिड–१९ सँगै जारी लकडाउनले उनी जस्ता ४२ करोड धेरै मान्छेलाई ‘एब्सुलुट पभर्टी’ अर्थात १.९० डलर भन्दा कममा दैनिक गुजारा चलाउनुपर्ने  पूर्ण गरिबीको अवस्थामा पुर्याउनेछ । यसको अर्थ गरिबी हटाउन विश्वव्यापी रुपमा एक दशकदेखि जारी प्रयास र प्रगति सबै खेर जानेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैले पनि सबै देशका सरकारले सोच विचारपूर्वक प्रभावकारी नीति लिएर अघि बढ्न जरुरी देखिएको छ । जस्तै कि जर्मनीले परीक्षण तिव्र बनाउँदा मात्र, मासु काट्ने र बेचविखन गरिने ठाउँमा चिसोका कारण भाइरस लामो समय जिवित रहने समस्या पत्ता लगाएको हो । यता दक्षिण कोरियाले पनि परीक्षण र ‘कन्ट्याक्ट ट्रेसिङ’ मार्फत नै एकजनाबाट कसरी पुरै समुदायमा संक्रमण फैलिरहेको छ भन्ने थाहा पायो । जसकारण नै बिना परीक्षण देशको अवस्था ‘दृष्टिविहिन’ समान हुन सक्छ । 

यसमा सरकारसँग आवश्यक सबै किसिमका डाटाहरु हुने हुँदा उनीहरुले लगातार आफ्नो नीतिमा सुधार ल्याइरहन सक्छन् । उदाहरणका लागि कुनै समय मास्क प्रभावकारी हुँदैन भनिएको थियो तर वास्तवमा यसैले संक्रमण फैलिनबाट धेरै जोगाउन सक्ने पत्ता लाग्यो । त्यसैगरी नियमित साबुन पानीले हात धुने उपाय पनि धेरै सस्तो र सहज मान्न सकिन्छ । तर अर्कोतर्फ विद्यालय बन्द गर्नुले भने बालबालिकालाई ठूलो हानि गर्छ अनि तिनका बाबुआमाको काममा पनि रोकावट ल्याउँछ । यस्तोमा तर्कपूर्ण नियमहरु अपनाएर शिक्षक र विद्यार्थी कोही जोखिममा नपर्ने हिसाबले स्कुल खुलाउने प्रयास गर्न विज्ञहरुले सुझाएका छन् । जस्तै अमेरिकाको लिबर्टी युनिभर्सिटी यसअघि महामारीको समयमा पनि खुला राखिँदा सबैतिरबाट आलोचित भएको थियो तर सही ढङ्गमा सामाजिक दुरीको नियम पालन गर्दा, त्यहाँ कोभिड–१९ का कुनै संक्रमण भएन ।   

Global Ime bank

यता धनी राष्ट्रहरुको अवस्था आत्तिनुपर्ने किसिमको नभएपनि अत्यन्तै चिन्ताजनक मानिएको छ । जस्तै अमेरिकामै मात्र बेरोजगारीको दर फेब्रुअरीमा ३.५ प्रतिशतबाट अप्रिलमा १४.७ प्रतिशत पुगेको हो । त्यस्तै बेलायतमा भने भर्खर ग्रयाजुएट भएकाहरुलाई गरिएको कामको नयाँ प्रस्ताव फिर्ता, स्थगित वा ढिलो भइरहेको छ । यसरी श्रम बजारमा मात्र यसको प्रभाव धेरै वर्ष रहिरहने अनुमान गरिएको छ । उद्योगहरु बन्द रहँदा अन्य रोगको खोप पनि पर्याप्त उत्पादन गर्न नसक्दा कोरोनापछि दादुराको प्रकोप लगायत रोगहरु सुरु हुने जोखिम रहेको बताइएको छ । 

तर लकडाउन हटाउनुका पनि उत्तिकै चुनौतिहरु छन् किनकी यसले नियन्त्रणमा आइसकेको भाइरसको दोस्रो फैलावट सुरु गर्न सक्छ जुन अहिले धेरै देशले अनुभव गरिरहेका छन् । त्यसैले जोखिमलाई सिमित गराउन वैज्ञानिक पद्धतिको पनि आवश्यक पर्दछ जसले भाइरस फैलने प्रबल सम्भावना भएका ठाउँ र मानिसमा बढी केन्द्रित रहन जोड दिँदै आएको छ । जस्तै क्यानडामा मृत्यु हुने ८० प्रतिशत वृद्ध घरका रहेको पाइएको थियो भने यता स्वीडेनमा चाहिँ शरणार्थीहरु सबैभन्दा उच्च जोखिममा भएको पत्ता लाग्यो । त्यस्तै सेक्युरिटी गार्ड बस्नेहरु पनि प्रायः ५० को उमेर पार गरिसकेका हुने र धेरै मान्छेसँग सम्पर्कमा आउने हुँदा तिनलाई पनि संवेदनशील समुहमा राखिएको छ । 

तर गरिब देशहरुले यस किसिमका धेरै नीति अपनाउन सक्षम छैनन् । तापनि भियतनाम र भारतको केरेला प्रदेशले भने अवस्थामा नियन्त्रण गर्नमा राम्रो उदाहरण प्रस्तुत गरेका छन् । विज्ञहरुका अनुसार कतिपय अवस्थामा संक्रमक रोग सम्बन्धी, धनी देश भन्दा गरिब मुलुकहरुसँग बढी अनुभव हुन्छ । यस्तोमा सबैका लागि उपयुक्त हुने ‘स्मार्ट विधि’ अपनाउनु उत्तम हुने उनीहरुको सुझाव छ । जस्तै कि रुवान्डाले देशभरका सबै व्यस्त ठाउँहरुमा हात हुने स्टेसन स्थपित गराएको छ र व्यवसाय खुला राख्ने प्रयास गरिरहेको छ । यसरी सामाजिक सम्पर्क कम गराएर भएपनि बजार खुलाउनैपर्ने हुन्छ । किनकी मान्छेलाई केही पैसा कमाउन दिँदा, लाखौँको भोकभोकै मर्नु पर्ने अवस्था आउँदैन । 

यसरी विश्व महामारीको तीन महिना बढी बितिसक्दा आपतकालीन चरण पनि अन्त्य हुने समय आइसकेको छ । यसमा धेरै सरकारहरुले समयमै भविष्यको आंकलन गर्न नसक्दा ठूलो मानव क्षति भयो तापनि सबैले सक्दो प्रयास गरे । तर विश्व महामारीको दोस्रो चरणमा प्रवेश गरिरहँदा चाहिँ उनीहरुसँग कुनै बाहाना हुनेछैन । सबैले जोखिमपूर्ण समुहको पहिचान गरि प्रभावकारी नीति अपनाउनै पर्ने हुन्छ भने संवेदनशील समुदायहरुलाई तिनको व्यवहारमा परिवर्तन ल्याउन सिकाउनै पर्ने हुन्छ । यसमा सबै संरचनाको जोहो राष्ट्रले नै गर्नुपर्नेछ किनकि यसपटकको क्षति बेहोर्न नसकिने किसिमले भयानक हुने पक्का छ । द इकोनोमिस्ट 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २९, २०७७  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement