site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
यूएईबाट घर फर्किन चाहने व्यक्तिका गुनासा सुन्‍न सम्पर्क व्यक्ति तोकियो
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  नेपाल सरकार मन्त्रिपरिषद्बाट हालै नेपाली नागरिकलाई स्वदेश फर्कन सहजीकरण गर्नेसम्बन्धी कार्यविधि स्वीकृत भई विदेशमा रहेका नेपालीहरूलाई  स्वदेर्श फिर्ता गर्ने तयारी हुँदैछ । 

नेपाल फर्कन चाहनेको लागि विवरण संकलन कार्य भइरहेको छ । आबुदाबीमा रहेको नेपाली राजदूवासले एक पटक फाराम भरिसकेपछि पटक-पटक फाराम भर्नु नपर्ने बताएको छ । साथै थप विवरण आवश्यक भएमा टेलिफोन र ईमेल मार्फत माग गरिने आबुदाबीस्थित नेपाली दूतावासले जनाएको छ । 

नेपाल आउनुअघि गरिने कोभिड–१९ परीक्षणका लागि दूतावासले यूएई सरकारसँग समन्वय गरी मिति, स्थान र समयका बारेमा उपयुक्त समयमा जानकारी गराउने जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यूएई सरकारले मार्च १ पछि समाप्त भएको भिसाको म्याद डिसेम्बर २०२० सम्मका लागि स्वतः नवीकरण गर्ने जनाएको छ । मार्च १ पछि भिसा समाप्त भएकाहरूका लागि पनि जुन १ बाट लागु हुने गरी ३ महिनाभित्र स्वदेश फर्केमा सम्पूर्ण जरिवाना मिनाहा गर्ने जनाइएको छ ।

दूतावासको टेलिफोन नम्बर, ईमेल ठेगाना र फेसबुक पेजमार्फत नेपालीहरुको  गुनासा एवं जिज्ञासाहरू सुन्‍नको लागि दूतावासले सम्पर्क व्यक्ती तोकेको छ । 

Global Ime bank

गर्भवती महिला, कोभिड बाहेकका बिरामी, आफन्त गुमाएकाहरू, विद्यार्थी र इन्टर्नसिपको लागि रीता धिताललाई दूतावासको फोन नम्बर ०५०८१८० २८० मार्फत सम्पर्क गर्न सकिने जनाइएको छ । 

व्यक्तिगत तथा कम्पनी भिसा, भिजिट भिसा, यूएई रहेकाले निर्मला थापा र मोतिराम भुसाललाई सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै पासपोर्ट र प्रमाणीकरणको लागि नारायण ज्ञवाली ०५८९०९ ५४०४ मा सम्पर्क गर्न सकिने बताइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC