site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपालको तरकारीमा कोरोनाको हल्ला गर्दै भारतबाट निर्वाध  भित्र्याइन्छ !
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत ११ गतेयता मुलुक पुर्णरुपमा बन्दाबन्दीमा  छ । बन्दाबन्दीले गर्दा आफ्नो उत्पादन खेतबारीमै सडेर गएपछि काभ्रे, धादिङ, चितवन, रुपन्देहीलगायत देशभरका किसान चिन्तित छन् । पाँचखाल, धादिङ लगायतका कतिपय किसान तथा व्यापारीले काठमाडौंमा तरकारी बिक्री नभएपछि पोखरा, दमौलीलगायतका क्षेत्रमा समेत तरकारी पठाउन लागेका छन् । तर पालिका र जिल्ला प्रशासनले नै प्रतिबन्ध लगाइदिँदा समस्या सिर्जना भएको पाँखालका मेयर महेश खरेल बताउँछन् । 

आइतबार कपिलबस्तुबाट अर्घाखाँची लगेको तरकारी जिल्ला प्रशासनले बिक्री गर्न रोक लगाएपछि प्रहरीले नष्ट गरिदियो  । तरकारीसँगै कोरोना भित्रिन सक्ने भन्दै तरकारी फ्याँक्न लगाइएको हो । यस्तै पोखरा महानरपालिका १५ मा काभ्रे, पाँचखाललगायतका क्षेत्रबाट गएको तरकारी वडाअध्यक्षकै नेतृत्वमा नष्ट गरियो । 
पाँचखालको नगरपालिकाले भने अन्य नगरपालिका तथा जिल्ला प्रशासनसँग समन्वय गरेर दमौली, पोखरा, सिन्धुली, सिन्धुपाल्चोकलगायतका क्षेत्रमा तरकारी पठाइरहेको मेयर खरेल बताउँछन् । 

“कुनै कुनै पालिका र जिल्लाले जिल्ला बाहिरको तरकारी नलिने भनेर रोकिरहेका छन्,” उनले भने,“ आइतबार मात्रै दमौलीमा पनि पाँचखालको तरकारीमा लैजान रोकेको थियो त्यहाँको मेयरसँग पाँचखाल ग्रीन जोनमा छ कोराना भेटिएको छैन भनेपछि अवरोध हटेको छ ।”  उनले भने, “लकडाउन यता नै अर्बौँको तरकारी विदेशबाट आयात भइरहेको छ त्यसलााई तुरुन्त बन्द गराउनुपर्छ, भारतीय तरकारी बन्द भएपछि नेपालका किसानको नबिकेको तरकारीको पनि माग हुन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

केही टाठाबाठा किसानले विभिन्न ठाउँमा लगेर भए पनि तरकारी बिक्री गरे पनि सामान्य किसानको उत्पादन भने सडेर गइरहेको छ ।  किसानका खेतबारीमा उत्पादन भएका टमाटर काँक्रो, करेलालगायतको तरकारी खेतबारीमै सडेर खेर गइरहेको छ । 

Global Ime bank

बन्दाबन्दीले गर्दा होटल रेस्टुरेन्ट बन्द छ भने विभिन्न भोज तथा पार्टीहरु शुन्य छन् । उपत्यकामा बसोबास गर्ने धेरै सर्वसाधारण आफ्नो गृहजिल्ला फर्कँदा उपभोक्ता पनि घट्नुको साथै सर्वसाधारणमा कोरोनाको त्रासले गर्दा बाहिर निष्कने अवस्था नरहँदा तरकारीको माग नै घटेको व्यापारीहरु बताउँछन् ।

तरकारीको माग नै नभएको बताउने व्यापारीहरु धमाधम भारतबाट तरकारी आयात गरेर जिल्ला जिल्लासम्म पठाइरहेका छन् ।  जसले गर्दा किसानको लाखौँं लगानी भएको करौडौं मुल्यको तरकारी खेतबारीमा नै सडेर गएको छ । 

जिल्ला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमन नेपाल वैशाखको पहिलो सातासम्म किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाए पनि खेत बारीमा सडेर भने नगएको तर पछिल्लो केही साता यता भने व्यापारीले तरकारी उठाउनै छोडेको बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै उनले भने, “गतसाता पाँचखालमा सिम्बोलिक विरोधस्वरुप केही टमाटर पोखे पनि अहिले जिल्लामा उत्पादन भएको काँक्रो, टमाटर करेला, घिरौँला, हरियो खुर्सानीलगायतका तरकारी व्यापारीले उठाउनै छाडे ।” 

जिल्लाको पाँचखाल, मन्डनदेउपुर, नमोबुद्ध, पनौतीलगायत क्षेत्रका किसानले तरकारीले बजार नपाउँदा लाखौँको नोक्सानी बेहोर्नुपरेको छ । काभ्रेको मन्डनदेउपुर नगरपालिका १० चण्डेनीका किसान नारायण नेपाल विगतको वर्षममा ३ देखि ५ लाख सम्मको काँक्रो बिक्री गर्ने गरेकोमा यो वर्ष पनि सोही अनुपातमा उत्पादन गर्दा ३० हजार रपैयाँ हातमा परेको बताउँछन् । 

उनले भने, “आफ्नो परिश्रम र अन्य मजदुरलाई दिएको ज्याला तथा अन्य खर्चको त परको कुरा मल र बिउको पनि पैसा उठेन ।” सुरुमा एक दुई लट काँक्रो बिक्री भए पनि अहिले खेतमा नै सडेर गएको उनको भनाइ छ ।  काभ्रेकै भुम्लु गाउँपालिका ९ ज्याम्दीका किसान गणेश पराजुली करिब १५ टन टमाटर उत्पादन गर्दा हातमा १० हजार पनि पैसा नपरेको बताउँछन् । 

उनले भने, “६०० क्रेट भन्दा बढी टमाटर भयो होला, त्यसमा ३०० क्रेट जति व्यापारीले लगेका छन् त्यसको प्रतिक्रेट १०० देखि २०० ले आउला कि भन्ने लागेको छ, अरु ३०० क्रेट जति बारीमा नै सडेर गयो ।”  गत वर्षको जति मूल्य हुने हो भने ६–७ लाख आउने तरकारीले यो वर्ष लगानी समेत नउठेको उनको भनाइ छ । 
“एक डेढ लाख लगानी भएको होला ३०–३५ हजार पनि नआउने भयो,” उनले दुखेसो पोखे । 

टमाटर मात्रै नभएर करेलाको पनि अवस्था उस्तै रहेको उनले बताए ।  टमाटर नबिकेपछि उखेलेर मकै लगाउने तयारी गरेको बताउँदै उनले भने, “करेला पनि विगतमा भए एक डेढ लाखको बेच्ने बेला हो । अहिले ५ रुपैयाँ किलोमा पनि बिक्न मुस्किल छ, बारीभर करेला टिप्ने बेला भएको छ बजार छैन ।” 

लकडाउन यता भित्रियो ८३ हजार मेट्रिक टन तरकारी 

सरकारले लकडाउन गरेको चैत ११ गतेदेखि जेठ १९ गतेसम्म ८३ हजार ३०३ मेट्रिक टन तरकारी आयात भएको छ ।  नेपालका किसानले उत्पादन गरेको तरकारीबाट कोरोना सर्ने भन्दै प्रविबन्ध लगाउने विभिन्न जिल्ला र पालिकाको नागरिकको भान्सामा विश्वकै सातौँ धेरै कोरोना संक्रमित भएको मुलुकबाट आएको तरकारी भने निर्वाध पुगिरहेको छ । 

जेठ यतामात्रै १८ हजार १६४ मेट्रिक टन तरकारी आयात भएको भन्सार विभागको तथ्याङक छ ।  जेठ १७ गते आइतबार ८२४ मेट्रिक टन तरकारी आयात हुँदा जेठ १६ गते शनिबार १ हजार ३७० मेट्रिक टन तरकारी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC