site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
डिसहोम लकडाउनको साथी नै बनेको छ
Sarbottam CementSarbottam Cement

लकडाउनको यस अवधिमा नेपालमा प्रभाव नपरेको त्यस्तो कुनै व्यवसाय छैन होला । हरेक क्षेत्रका व्यवसायीको एउटै धारणा छ अब लकडाउन लामो अवस्था गयो भने नेपालले धान्न सक्दैन । डिसहोमका प्रबन्ध निर्देशकसमेत रहेका सुदीप आचार्यले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्नुपर्ने बताउँछन् ।
लकडाउनले पारेको प्रभाव, डिसहोमको अवस्था, डिसहोमको सेवालगायतका विषयमा प्रबन्ध निर्देशक आचार्यसँग बाह्रखरीका हिमाल पौडेलले गरेको भिडियो कुराकानीः

नेपालमा लकडाउन सुरु हुनुभन्दाअघि नै कसरी अगाडि बढ्ने भनेर गृहकार्य सुरु गरिसकेका थियौं । हाम्रो प्रसारण हुने ठाउँ अर्थ स्टेसनमा खाने बस्नेको सुविधासहित केही कर्मचारीलाई राख्ने व्यवस्था मिलाइसकेका थियौँ । जस्तोसुकै परिस्थितिमा पनि हाम्रो सेवा अवरुद्ध हुनुहुँदैन भन्नेमा हामी थियौँ । तर, त्यो बेलाको समयमा हामीले सोच्न नसकेको के मात्रै थियो भने यति लामो अवधिसम्म लकडाउन जान्छ भन्ने थिएन ।

हाम्रो ‘कस्टुमर सर्भिस वरियन्टेड’ व्यापार हो । त्यो हिसाबले ग्राहकलाई सेवा कसरी दिने भन्नेमा हामी लागेका थियौं । प्रसारणको हिसाबमा हामीले चुस्त रुपमा गरिरहेका छौँ तर हाम्रा सबै सेवा दिने विषयमा, नयाँ जडान गर्ने विषयमा, कारोबार गर्ने विषयमा भने अगाडि बढ्न सकेका छैनौँ । 

Prabhu Bank
Agni Group
NIC Asia

हाम्रो रिचार्ज सिस्टम छ । अनलाइन रिचार्ज छ । डिलर दाइको डिस्काउन्ट भन्ने योजना पनि ल्याएका थियौँ । यो योजनाबाट हामीले राम्रो डिस्काउन्ट पनि दिइरहेका थियौँ । तर लकडाउनले गर्दा डिलर दाइको पसल बन्द भयो । हामीले रिचार्ज कार्ड बिक्रीका लागि पठाउथ्यौँ तर अहिले त्यो पठाउने काम भएन ।

Global Ime bank

त्यसले गर्दा ग्राहकले चाहेको बेलामा रिचार्ज कार्ड नपाउने, अथवा रिचार्ज गर्न नमिल्ने अवस्था सिर्जना भए । त्यसलाई हामीले अनलाइन प्लाटफर्म प्रयोग गरिरहेका छौँ ।  आईएमई पे, ईसेवा, प्रभु पे, खल्तीबाट पनि रिचार्ज गर्न सकिन्छ ।

तर, हाम्रो पहिलो उद्देश्य भनेको डिलर दाइको डिस्काउन्ट थियो, त्यसलाई पनि हामीले ग्राहकहरुलाई केही समस्या पर्‍यो भने अर्थ स्टेसन नजिक रहनुभएका कर्मचारीमार्फत ग्राहकको रिचार्जको समस्या सम्बोधन पनि गर्दैै आएका छौँ । तर, सबै ठाउँमा रिचार्जको समस्या छ । अर्को नयाँ कनेक्सन जोड्न जान सक्ने वातावरण अहिले छैन । 

समग्र व्यापारको विषयमा लकडाउनको समयमा मान्छे घरमा नै बस्ने भएका हुनाले टेलिभिजन साथी बनेको छ । डिसहोम लकडाउनको साथी नै बनेको छ । त्यो हिसाबले डिमान्ड राम्रो छ ।  तर व्यापार कारोबारमा भने निकै समस्या परेको छ । रिचार्ज गर्न ग्राहकलाई समस्या भएपछि केही दिन डिसहोम क्रेडिट पनि सुरु गरेका थियौँ । 

सुरुमा तीन दिनलाई क्रेडिट दिन्थ्यौँ । लकडाउन अगाडि नै तीन दिनलाई क्रेडिटको अवधि पाँच दिन बनाएका थियौँ भने अहिले दश दिन बनाएका छौँ ।  दश दिनसम्म ग्राहकले केही न केही उपाए गरेर रिचार्ज गर्न सक्नुहोला भन्ने हेरेर त्यो सुविधा दिएका छौँ ।  ६ महिनासम्म पनि रिचार्ज नगरी बस्नुभएका ग्राहकलाई पनि हामीले डिसहोम खोलिदियौँ । 

चारलाख भन्दा बढी ६ महिनासम्म पनि रिचार्ज नगर्नेलाई पनि खोलिदिएका छौँ । ‘एक महिना सित्तैमा हेर्नुहोस् र एक महिनापछि रिचार्ज गर्नुहोस्’ भनेर अहिलेको समयमा जतिसक्दो सुविधा ग्राहकलाई दिएका छौँ । 

अत्यावश्यक सेवाभित्र परे पनि मोफसलमा समस्या 

डिसहोम, केवल जस्ता सेवा प्रदायकलाई सेवा दिने सन्दर्भमा हालको बेलामा सरकारले सहज बनाइदिनुपर्ने छ, सहजता पुगेको छैन । जहाँ हाम्रा चिनजानका मान्छेहरु छन्, त्यहाँ सेवा दिनलाई सकिने भएको छ, जहाँ छैनन् त्यहाँ सेवा दिन सकिरहेका छैनौँ । हामीले सरकारलाई अनुरोध गर्दै आएका छौँ । पहिलेको भन्दा केही हदसम्म सहज भएको छ तर जति हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । 

यो सेवा अत्यावश्यक सेवाभित्र पर्छ । हाम्रो विषयलाई सञ्चार मन्त्रालयले बुझ्यो तर गृह मन्त्रालयले बुझेन ।  ठूला सहर काठमाडौं, पोखरामा हामीलाई समस्या छैन, तर अन्यत्र समस्या छ । 

डिस्टेन्स लर्निङ सञ्चालन

अहिलको समयमा हाम्रो कन्टेन्टमा नयाँ नयाँ विषयवस्तु दिइरहेका छौँ । रमाइलो टीभीबाट हामीले नयाँ विषयवस्तु दिइरहेका छौँ ।

हामीले आफ्नो हिसाबले गर्न सक्ने प्रयास गरिरहेका छौँ । कक्षा ४ देखि १० सम्मको अंग्रेजी, नेपाली, गणित र विज्ञान चारवटा विषयको पाठ्यक्रम डिसहोम एक्याडेमी भनेर निरन्तर प्रसारण गरिरहेका छौँ । यसमा सरकारले पनि वनरसिप लिइदियो भने अझै यसको प्रभावकारीता बढ्छ भन्ने कुरामा म विश्वस्छ छु, सरकारले पनि सोचिरहेको छ भन्ने लागेको छ । सहरलाई मात्रै हेरेर अनलाइनबाट कक्षा संचालन गर्दा निश्चित ठाउँमा मात्रै पुग्छ, देशको सत् प्रतिशत ठाउँमा हाम्रो पहुच छ, त्यसैले यसलाई कसरी सही प्रयोग गर्न सक्छौं भन्ने तर्फ सोच्नुपर्छ । हाम्रो पहुँच राम्रो रहेकाले यसमार्फत डिस्टेन्स लर्निङलाई अगाडि बढाउँनु उपयुक्त हुन्छ । अहिलेको अवस्थामा छिटो स्कुल संचालन हुन्छ जस्तो लाग्दैन । 

लकडाउन खुल्दै जाँदा सबैभन्दा अन्तिममा खुल्ने भनेको स्कुल हो । त्यसैले अहिले चारदेखि १० कक्षाको चारवटा मात्रै विषय पढाइ भइरहेको छ ।  यसमा विषय पनि थपेर, शिक्षक र विद्यार्थीबीच समन्वय गराउने हो भने अहिले मात्रै होइन भविष्यमा पनि विद्यार्थीलाई पढाइराख्ने एउटा माध्यम बन्न सक्छ ।  यो विषयमा डिशहोम मात्रै होइन अन्य सेवा प्रदायक पनि यसका लागि तयार हुनुहुन्छ ।

ओटीटी सेवा

ओटीटी धेरै प्रचार गरिसकेको सेवा होइन । डिसहोमका ग्राहकलाई ओटीटी सेवा डिसहोम गो भनेर निकालिसकेका छौँ । ग्राहकहरुले एन्ड्रोइड, प्ले स्टोरबाट डाउनलोड गर्न सक्नुहुन्छ ।  त्यसमा अहिले हामीले डिस्कभरी च्यानल, केही कलर्सको च्यानल पनि राखेका छौँ, नेपाली च्यानलहरु पनि छन् । 

यसको उद्देश्य भनेको अहिले धेरै मान्छेहरु ह्यान्डल डिभाइसमा आवद्ध देखिन्छ । त्यही आवद्धतालाई अलिकति सहज बनाउन यो सेवा ल्याएका हौँ । आ–आफ्नो इच्छाअनुसार टेलिभिजन हेर्न पाइयोस् भनेर यो सेवा ल्याइएको हो । हामीले भर्खर सुरु गरेका छौँ तर पनि १० हजार भन्दा बढी डाउनलोड भइसकेको छ ।

नाफामुलक भन्दा पनि भविष्यलाई हेरेर यो सेवा ल्याएका हौँ, यसमा खुट्टा हालेको हो ।  इन्टरनेटको पहुँच बढ्दै गएपछि सबैलाई प्रयोग गर्न सजिलो हुन्छ । यसबाहेक हामीले ‘लिनियर टीभी’ मात्रै होइन कि आफ्नो समयमा भिडियो कन्टेन्ट हेर्न मिल्ने गरी सुविधा थप्दै लगेका छौैँ, सबै ग्राहकमा हामी पुग्छौँ ।   

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७  ०८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC