site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
महाकालीमाथिको झोलुङ्गे पुलको आवतजावतमा रोक
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । कञ्‍चनपुरको महाकाली नदी माथिको मल्टिस्पान झोलुङ्गे पुलको आवतजावतमा आइतबारदेखि स्थानीय बासिन्दाले रोक लगाएका छन् । महाकाली नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल प्रवेश मार्गमा स्थानीय बासिन्दाले बन्द गरेका हुन् । 

खुला सिमानाको फाइदा उठाउँदै भारतबाट फर्कनेहरु भित्रिन थालेपछि कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै स्थानीय बासिन्दाले पुलको आवतजावत रोकेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय सीमावर्ती बजार खटिमा, वनवसालगायतबाट रातिको समयको मौका छोप्दै भारतका विभिन्न क्षेत्रमा मजदूरी गर्न गएका नेपालीहरु लुकिछिपी सीमा क्षेत्रमा प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ । 

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि अपनाउनुपर्ने सावधानीहरु नअपनाइदा निकै जोखिम बढेकाले पुल बन्द गर्नु परेको स्थानीय कृष्ण साउदले बताए ।

Global Ime bank

सीमा नाकामा अवैध रुपमा प्रवेश गर्नेहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई दशगजा क्षेत्रमा राख्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहमा पठाउने कार्य गर्दै आएको छ । भारतबाट आउनेहरुलाई पुल भएर नै जाने व्यवस्था गरिएको छ । 

पुल स्यानिटाइज नगर्दा जोखिम बढेकाले पूर्व सावधानीका कार्य नगरिँदासम्म पुलमा आवतजावतको कार्य रोक्नु परेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । 

स्थानीय बासिन्दाले अवैध रुपमा दशगजा क्षेत्र भएर आउने व्यक्तिहरुलाई वैधानिक गड्डाचौकीको नाका भएर प्रवेश गराउनुपर्ने स्थानीयवासीको माग छ । भारतमा रेल सेवा बहाल गरिएपछि घर फर्कने नेपालीको सीमा क्षेत्रमा घुइँचो लागेको छ । 

आठ सयभन्दा बढी व्यक्तिहरुलाई दशगजा क्षेत्रबाट उद्धार गरी सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टिनमा पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । शनिबार मात्रै सीमा क्षेत्रमा रोकेर राखिएका चार सयभन्दा बढी व्यक्तिको उद्धार गरी घर पठाइएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC