site stats
बाह्रखरी :: Baahrakhari
देश
क्वारेन्टाइनका लागि तयार गरिएको आनन्द पशुपति भवनमा स्थानीयको अवरोध 

काठमाडौं । कोरोना संक्रमणको जोखिम बढेको बेला क्वारेन्टाइनका लागि तयारी अवस्थामा राखिएको काठमाडौं तिलगंगास्थित आनन्द पशुपति भवनलाई क्वारेन्टाइन नबनाउन स्थानीयले अवरोध गरेका छन् ।

कोरोना संक्रमणको फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा कर्मचारीलाई राख्नका लागि सरकारले तयारी अवस्थामा राखेको उक्त भवनमा आजदेखि भारत जानका लागि तयारी अवस्थामा रहेका व्यक्तिहरुलाई राख्न थालिएपछि स्थानीयले अवरोध गरेका हुन् ।

NIC Asia

उनीहरुले उक्त स्थानमा क्वारेन्टाइन बनाउँदा आफूहरुलाई जोखिम हुने भन्दै अवरोध गरेका हुन् । चार्टर फ्लाइटमार्फत भारत जान लागेका त्यहाँका नागरिकलाई केहीदिन राख्न सुरु गरिएको छ ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्द बतासले बाह्रखरीसँग कुरा गर्दै भने, “उक्त भवनलाई क्वारेन्टाइन बनाउनका लागि पर्यटन, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि आएर हेरेर गइसक्नुभएको छ । अहिले कोरोना संक्रमितको उपचारमा संलग्न चिकित्सक तथा कर्मचारीलाई राख्ने तयारी भइरहेको छ । आजदेखि भारत जान चाहेका नागरिकहरु यहाँ बस्न थाल्नुभएको हो । उहाँहरु एक, दुई दिनमा जानुहुन्छ तर स्थानीयले यहाँ केही अवरोध गरेका छन् ।”

Global Ime bank

उनका अनुसार अहिले त्यहाँ स्थानीय डराउनुपर्ने अवस्था छैन । “यो भवनसँगै कुनै पनि घर जोडिएका छैनन्,” उनले भने, “फेरि अहिले नै अवरोध भयो भने क्वारेन्टाइनमा बस्नुपर्नेहरु कहाँ बस्ने ?”

“यहाँ कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुलाई पनि घरमा जाने वातावरण बनेको छैन,” उनले भने, “उहाँहरुलाई पनि हामीले यहीँ राख्ने भनेका छौँ । स्थानीयले अवरोध गर्न थालेपछि अहिले प्रहरी पनि आइपुगेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu