site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यस्तो छ थामेमा हिमताल विष्फोट हुनुको मुख्य कारण (रिपोर्टसहित)

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामेमा हिमताल विष्फोट हुनुको मुख्य कारण अचानक आएको भू–परिवर्तन भएको पाइएको छ । 

सेटलाइट तस्बिर तथा घट्नाअगाडि र पछिको भू–बनोटमा आएको परिवर्तनको अध्ययनबाट उल्लेख्य भू–हलचल नै हिमताल विष्फोटको मुख्य कारण भएको पाइएको जल तथा मौसम विज्ञान विभागले स्पष्ट पारेको छ । 

Dabur Nepal
NIC Asia

हिमताल १ को प्राकृतिक बाँधभन्दा तल र हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा अचानक आएको भू–परिवर्तन नै हिमताल २ विष्फोटनको मुख्य कारण रहेको विभागको निष्कर्ष छ । 

थामे आसपास स्याङवोचे र फोर्सेमा घट्नाको केही दिन अगाडिको वर्षा र तापक्रमको वृद्धिले माथिल्लो हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा ग्लेसियर/आईसमेल्ट (हिमपहिरो)ले माथिल्लो हिमताल १ ओभरफ्लो भएको हुनसक्ने विभागको भनाइ छ । 

हिमताल १ ओभरफ्लो हुँदा हिमताल १ र हिमताल २ (हाल विष्फोट भएको हिमताल)को बीचको जमिनमा भू–क्षय भएर तल्लो हिमताल विष्फोटन भएको पाइएको विभागले स्पष्ट पारेको छ । 

साउन ३२ गते दिउँसो साढे १ बजे सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ थामे भइ बग्ने थामे खोलामा एक्कासी बाढी आएको थियो ।
1-1724470287.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro