site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्घटनाका घाइतेलाई भेट्न भारत सरकारले केन्द्रीय मन्त्री नेपाल पठाउँदै 

काठमाडौं । नेपालमा शुक्रबार भएको बस दुर्घटनाका घाइते यात्रुहरूलाई भेट्न र मृत्यु भएकाहरूको शव लिएर जान भारत सरकारले एक केन्द्रीय मन्त्रीलाई काठमाडौं पठाउने भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान साढे १० बजे काठमाडौं आउने भएकी छन् ।

उनका साथमा महाराष्ट्र जलगाउँका एक विधायक पनि आउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

घाइते १६ भारतीय यात्रुको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । दूतावासका चिकित्सकको निगरानीमा सबै घाइतेको उपचार भइरहेको हो । 

दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनालाई भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ ।

दुर्घटनामा परेका सबै महाराष्ट्रको जलगाउँका स्थानीय हु्न् ।  नेपाल आउन लागेकी मन्त्रीको गाउँ जलगाउँ नै हो । 

शुक्रबार पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एकजनाको भरतपुरमा मृत्यु भएको हो ।


 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro