site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पश्चिमी वायु
SkywellSkywell

“खोइ ! आज वर्षा बढी होलाजस्तो छ ज्योज्यो,” कान्लो ताछ्दै निमा लामा बोले ।

“माथि आकाशमा हेर्नुस् त, पश्चिमबाट बादल पहाडतिर ठोक्किँदै छ । साम्प्रदायिक बादलजस्तो लाग्यो । हाम्रो प्रकृतिले सजिलै चिन्छ,” पानी पर्ने सम्भावना नरहेको फुर्वाले स्पष्ट गरे ।

निमाको गाउँमा कुलो लग्ने सम्भावना थिएन । पहाडमाथि गाउँ थियो । स्थानीय प्रतिनिधि प्रायः सबैसँग डोजर थियो । पैसा कुम्ल्याउन पहाडैभरि बाटो खन्थे । बर्सेनि बाढीपहिरो जान्थ्यो । धारो, पानी तथा कुलो खन्न तिनले कहिल्यै जानेनन् । अतः निमा चिन्तित थिए ।

Dabur Nepal
NIC Asia

किनुवा चामलभन्दा स्थानीय चामल कताकता राम्रो लागेर धानको बीउ राखेका थिए । अर्ग्यानिक खाना खाने उनको बानी थियो ।

दिउँसो फेरि बादल लाग्यो । आँगनको डिलबाट पेमा बोले, “साँझमा पानी पर्लाजस्तो छ । भोलि खेत रोप्नुपर्छ है साथी !”

फुर्वाले धेरै बेर लगाएर आकाश नियाले । दिउँसो खाजाको रूपमा आलु थियो । उनले आलु ताछ्दै भने, “यी बादल जातीय बादल हुन् । एकाध घण्टा सानो पानी पर्छ । हाम्रो भुइँ भिजाउँदैन ।”

अर्को दिन बिहान जोडले हुरी–बादल मडारियो । गोठकटेरा उडाउलाजस्तै गर्‍यो । यो देखेर फुर्वाले सतर्क गराए, “यो धार्मिक बादल हो । धेरैको बस्ती उजाड्न सक्छ । होस् गरम ।”

अचानक रेडियोमा समाचार आयो– बंगलादेशको खाडीमा तुफान आयो रे ! हिमाल र पहाडमा धेरै वर्षा भयो भने बाढीपहिरो जान सक्छ । तराई डुबाउने खतरा पनि छ । सचेत रहनुहोला ।

सबै गाउँले समाचार सुन्दै थिए । छड्के पानी घरभित्रै पर्‍यो । सबै त्रसित बने । उक्त अवस्थाको मूल्यांकन गर्दै दोर्जे लामाले भने, “खाडीको मनसुन नेपाल प्रवेश गर्दै छ । बादल पश्चिमतिर ठोक्कियो भने अम्लीय वर्षा गराउँछ । हावाको कणमा अक्सिजनभन्दा द्वन्द्वको कार्बनडाइअक्साइड बढी छ । देश रहे भेष रहन्छ ।”

(हेलम्बु–६, सिन्धुपाल्चोक)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu