site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कांग्रेसको प्रश्‍न - भारतले लिपुलेक हुँदै सडक खोलेको विषयमा सरकारको धारण के हो ? 

काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक मार्गको उद्‌घान गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको धारण माग गरेको छ । 

कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले शुक्रबार प्रधानमन्त्रीलाई मेन्सन गरिएको ट्विटमा लिपुलेक नेपालको भूमि भएकोमा प्रस्ट भएको बताउँदै लेखेका छन्, "चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचारबारे नेपाल सरकारको धारणा चाहन्छौं ।"

Argakhachi Cement Island Ad

उनले थपेका छन्, "नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्‍न, सरकारको दायित्व पुनः स्मरण गराउँदछौं ।" 

#लिपुलेक_नेपालको_भुमि_हो, हामी प्रष्ट छौं l चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं ! @PM_Nepal

नेपाली भुभागहरु बारे उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउंदछौं !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 8, 2020

भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फरेन्स भारतको धार्चुलादेखि नेपाली भूमि लिपुलेक हुनै चीनको मानसरोवर जाने सडक मार्ग उद्‌घान गरेका हुन् । 

भारतीय रक्षामन्त्री सिंहले ट्विटमार्फत भनेका थिए, "मानसरोवर जाने लिंह रोडको उद्‌घाटन गर्न पाउँदा खुसी लागेको छ । बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले धार्चुलादेखि लिपुलेक जोड्‍ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको' बताएका थिए ।" 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शुक्रबार बाह्रखरीसँग कुरा गर्दै भारतले सडकमार्ग खुला गरेको विषय आफूले अध्ययन नगरेको बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १९:३०
प्रतिक्रिया दिनुहोस्