site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देश एउटा नयाँ चरणमा प्रवेश गर्दैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको बताएका छन् । शुक्रबार ग्वार्को ओभरपासको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले कृषिको आधुनिकीकरणतर्फ व्यापक रूपमा काम गरिरहेको र भइरहेको पनि बताए । उद्योगतर्फ पहिलाभन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका प्रधानमन्त्रीको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा निराशा पैदा गर्न नहुने उल्लेख गरे ।आफैँले गर्नसक्छौँ भनेर अठोटका साथ अघि बढे सफलता हाँसिल हुने बताए । देशलाई दुर्गम देशबाट सुगम देशमा परिणत गरिएको सुनाए । बहुआयामिक ढंगले चौतर्फी विकासमा लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, "कृषिको आधुनिकीकरणतर्फ व्यापक रूपमा काम गरिरहेका छौँ । कृषिको आधुनिकीकरण भइरहेको छ । देश एउटा नयाँ चरणमा प्रवेश गरिरहेको छ । उद्योगतर्फ पहिला भन्दा धेरै उद्योग अहिले स्थापना भइ अघि बढेका छन् । कतिपय उद्योग अहिले स्थापना भइ नचलेका पनि होलान् । कतिपय आउडेटेड भए । कतिपयलाई सञ्चालन गर्ने तयारीमा छौँ । यसरी हामीले देश बहुआयामिक ढंगले चौतर्फी रूपमा देशको विकास गरिरहेका छौँ ।"

प्रधानमन्त्री ओलीले चक्रपथ विस्तार गरी ट्राफिक जाम अन्त्य गर्ने दिशामा अघि बढिरहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्