site stats
बाह्रखरी :: Baahrakhari
देश
६० किलो सुन तस्करीका आरोपित रोका पक्राउ
फाइल तस्बिर ।

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ६० किलो सुन तस्करीका आरोपित अमला रोकालाई पक्राउ गरेको छ । शुक्रबार काठमाडौंको टोखाबाट पक्राउ गरिएको ब्युरोका प्रमुख एआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणमा जोडिएकी रोकाको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा डिफ्युटन नोटिस जारी भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनी तिब्बतियन नागरिक दावा लामाकी श्रीमती हुन् । लामा पुर्पक्षकाका लागि थुनामा छन् । लामाले नेपाली नक्कली नागरिकता लिएको खुलेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:४४
प्रतिक्रिया दिनुहोस्