site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लकडाउनको गाठो फुकाउँदै लागौँ अब हर्ड इम्युनिटी तर्फ

कोरोना भाइरसले महामारीको रुप धारण गरिसकेपछि सबैको मुखमा झुन्डिने गरेको एउटा शब्दहो - लकडाउन | यसको साथसाथमा प्रयुक्त अन्य केही शब्द हुन् - मास्क, सेनिटाइजर, ग्लोब्स, साबुनपानीले हात धुने, अनि सामजिक दूरी कायम गर्ने | शब्दहरूमात्र प्रयोगमा ल्याइएका होइनन् सबै शब्दले दिने अर्थलाई इमानदारीसाथ व्यवहारमा लागूगरे भाइरस नियन्त्रणमा प्रभावकारी उपाय हुने स्वीकार गरिएको छ | भनिन्छ, यस्ता कुरा बेवास्ता गरेकै कारण युरोप अमेरिकालाई कोभिड-१९  महामारीले केन्द्र बनाएको हो | 

महामारीको पछिल्लो समय विश्वका लगभग सबैजसो राष्ट्र लकडाउनमा रहेकै बेला अर्को एउटा शब्दावली पनि निकै चल्यो _ त्यो हो  'हर्ड इम्युनिटी'  | विश्व इतिहासमा सरुवा रोगले महामारीको रूप धारण गरिसकेको २ -४ वर्षपछि त्यस रोगविरुद्ध खोप (भ्याक्सिन) को आविष्कार भएपछि बृहत्तर जनसमुदायमा त्यसको व्यापक प्रयोग हुँदा सामूहिकरूपमा मानिसको शरीरमा रोगविरुद्ध लड्ने  (एन्टीबडी) निर्माण भएर रोग प्रतिरोधी क्षमता विकास भएर भाइरस परास्त हुँदै जाने प्रक्रिया नै हर्ड इम्युनिटी हो । भनिन्छ, खोपको अविष्कार भइनसकेको अवस्थामा पनि यो प्राप्त हुन सक्छ | अर्थात्, समयको एउटा बिन्दुमा पुगेर संक्रमण पूर्णतः समाप्त भएर रोग निर्मूल हुन जान्छ | 

कोरोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्यले चैत्र ११, २०७६ देखि लागु गरिएको बन्दाबन्दी (लकडाउन) वैशाख २५ सम्म थप गर्ने निर्णय गरिको छ । कृषि तथा उत्पादनका केही क्षेत्रमा खुकुलो बनाउने भनिएको छ । यसैले एउटा सुरक्षित तथा भरपर्दो विधि अभ्यास गर्दै बिस्तारै जनजीवन सामान्य बनाएर खस्कँदै गइरहेको नेपाली अर्थतन्त्रमा थप क्षति हुनबाट जोगाउनु आवश्यक देखिन्छ | लकडाउनको निष्पक्ष मूल्यांकन गर्ने हो भने प्रहरीका लठ्ठी र हप्कीदप्कीका कारणमात्र जनता घरमा बसीरहन बाध्य भएका देखिन्छन् | साता दसदिन बेग्लै थियो । थपिँदै थपिँदै जाँदा महिना दिन कटेर डेढ महिना पुग्न थालेपछि न त खाने रासन बाँकी रह्यो न त पानी | न साहुले उधारो पत्याउने न कसैले सापटी | न अफिसले तलब दिने भयो न त काममा गएर कमाएरै ल्याउन सकिने स्थिति | घर भाडा नलिनु भनेर सरकारले गरेको अनुरोध औँलामा गन्न सकिने घरपट्टिबाहेक सबैले हावामै उँडाइदिए | 

Prabhu Bank
Agni Group
NIC Asia

कतैबाट केही चारा नभेटेपछि र सहायताले सबैलाई समेट्न नसकेपछि गोजी रित्तिसकेको अवस्थामा मानिसहरू बन्दाबन्दीको अवज्ञा गर्दै मरे मरिन्छ बाँचे बाचिन्छ सबै परिवार एकै ठाउँमा बस्ने भन्दै १०-१५ दिन खाली खुट्टा हिँडेर पैतालाबाट रगत चुहाउँदै आआफ्नो घर जान हिँडे । स्थानीय/प्रादेशिक सरकारहरुले यतिबेलै काम देखाउने मौका पाएछन् क्यारे धादिङबाट दाङको सीमासम्म पुगेका नेपाली मजदुरहलाई घर जान नपाइने फरमान जारी गर्दै उनीहरूलाई लएर गएको ट्रक भोलिपल्टै धादिङ फिर्ता पठाउने कामसम्म गरे | उता भारतमा ज्याला मजदुरी गरिबसेका नेपाली यस महाविपत्तिका बेला आफ्नै देश, आफ्नै थातथलोमा जहान परिवारसँग बसौला भनेर नेपाल प्रवेश गर्न खोज्दा शत्रुदेशका सिपाहीजस्तो व्यवहार गर्न प्रहरी तैनाथ गरियो |

कहाँ बस्नुपर्छ बस्छौं, के नियम मान्नुपर्छ मान्छौँ भन्दाभन्दै नेपाली नागरिकप्रति राज्यको/सरकारको कुनै दायित्व जिम्मेवारी हुँदैन ? उत्पादन वितरण बजार र आपूर्तिको कुरा गर्ने हो भने कुखुरा, अण्डा, चल्ला, माछा, फलफुल तरकारी सबै खाल्डो खनेर पुर्नुपरिराखेको छ | निर्यात शुन्य छ, आयात सीमित छ | न कर असुली न बैंक डिपोजिट, न व्यापार न वाणिज्य | 

Global Ime bank

रोग विरूद्ध लडने क्षमताको विकास गरी हानिकारक प्रोटिन (एन्टीजेन) लाई तह लगाउन पनि पहिले मान्छेको पेट त भरिनुपर्छ । परिवारसँग भेट गर्न त पाउनुपर्छ । विश्वभरबाट करोडौंको संख्यामा रोजगारी गुम्ने अवस्था छ भने नेपालमै पनि लाखौं कामदारले आफ्नो कामबाट हात धुनुपर्ने अवस्था सृजना भइसकेको छ | सेवा क्षेत्र थला परेको छ । पर्यटन उठ्नै नसक्ने हुँदैछ | उत्पादन र वितरणको शृंखला नै टुटेको छ | नेता कार्यकर्ता, उच्चपदस्थ कर्मचारी तथा हुनेखानेलाई त मस्ती नै छ | पास लिएर उनीहरु नै घुमेका छन् । मन लागेको चिज खाएकै छन् भाटभटेनी उनीहरुकै सेवामा छ |

हेर्नुस त गरिबगुरुवाको बिजोग ?

ढिलो त भइसक्यो तै पनि सरकारको बुद्धि फिरोस् | दक्षिण कोरियाले लकडाउन गर्दैनगरी यही महामारीको बीचमा पनि संसदीय निर्वाचन गरेर देखायो । त्यो पनि जनताको उच्च सहभागिताको साथमा | लकडाउन खुकुलो पार्दै जनताको दैनिक जीवन र अर्थतन्त्र लयमा फर्काउनुपर्छ | लामो लकडाउन न नेपाली अर्थतन्त्रले धान्न सक्छ न थेग्न सक्छ | लकडाउन समस्याको अन्तिम समाधान हुँदैहोइन | लकडाउन नै नगरी हर्ड इम्युनिटीमा पुगेका दक्षिण कोरिया, नर्वे, स्विडेन, सिंगापुरजस्ता थुप्रै मुलुक विश्वमा छन् | विश्व स्वास्थ संगठन तथा जोन हप्किन्स विश्वविद्यालय, अमेरिका (रिसर्च युनिवर्सिटी) भन्दैछन् । यो महामारी सन् २०२४ सम्म पनि जानसक्छ र बन्द भएर फेरि देखा पर्न (रिअकरेन्स) हुनपनि सक्छ | मास्क, सामाजिक दूरीजस्ता व्यक्तिगत सुरक्षा सावधानीका कुरा लामो समयसम्म प्रयोगमा ल्याउनुपर्ने हुन्छ | भरपर्दो र विश्वसनीय मोडेलको छनौट गरौँ | भारतसमेत लकडाउनबाट बाहिर निस्किसक्यो भन्दापनि हुन्छ | महामारीको केन्द्र (इपिसेन्टर) मानिएको इटाली, फ्रान्स, स्पेन, बेल्जियम, बेलायतसबै लकडाउनबाट बाहिर निस्किसकेकाछन | 

नेपालमा पनि संक्रमणको जोखिम हेरेर रेड, एलो र ग्रिन जोन छुट्याउन सकिन्छ | बृद्ध भत्ता खाइरहेका ज्येष्ठ नागरिकलाई 'लक'मै राख्दा हुन्छ | स्कुल कलेज हाललाई बन्द नै राख्दा सुरक्षित होला | सार्वजनिक सवारी पनि सुरुमा चालु नगर्दा पनि होला | ठूला भेला, सभा समारोह पनि निषेध गर्दा नै राम्रो होला | सीमा तथा हवाई सेवा बन्द नै राख्न सकिन्छ तर अन्य गतिविधि सञ्चालन गर्नुपर्छ | व्यापार, उद्योग धन्दा, अड्डा, उत्पादन, आपूर्ति सबै नियमित हुनुपर्छ | 

अहिलेसम्म नेपालमा ९९ संक्रमण हुँदा करीब ५० लाख जनसंख्या भएको भनिएको उपत्यका सुरक्षित नै छ | लकडाउनका कारण मात्र यसो भएको हो भन्न सकिन्न । यसमा धेरै कारणले काम गरेका हुन सक्छन् | नेपालीको सोचविचार, चिन्तन, जीवनशैली, आमोदप्रियता र रमाउने स्वभावले काम गरेका छन् | सबै सचेत छन् । दूरी कायम गर्छन, मास्क लगाउछन्, शंका लागे परीक्षणमा जान्छन् | कसैले कसैलाई भन्न सिकाउन पर्ने अवस्था अब छैन | लकडाउन एक्कासि खुलेको घोषणा गर्दा मानिस एकैपटक बाहिर आउन सक्ने र ठूलो भड भएर संक्रमणको जोखिम उच्च हुने हुँदा फुकुवाको घोषणा नगरीकन बिस्तारै जनजीवन सामान्य बनाउदै जाँदा संक्रमणको जोखिम कम हुन सक्छ |

साथै जीवनशैली र खानपान बदल्नु पर्छ | समयको उचित व्यस्थापन गर्न सिकौँ | विकास, निर्माण लगायतका हरेक कार्य वातावरण, जलवायु तथा प्रकृति मैत्री होस् | कोरोनाले दिएको शिक्षा पनि यही हो | हाम्रो परम्परागत खानामा रोग विरुद्ध लड्ने शक्ति प्रवर्धन गर्ने शक्ति छ | भीटामिन सी, डी र ए युक्त वस्तुको प्रयोग अझै बढाऔँ | साथमा हाम्रा अमूल्य जडिबुटीहरु हर्रो, बर्रो, अमला, कुट्की, बोझो, तेजपात, भांङ, बेसार, कागती, अदुवा, लसुनआदि खाने बानी बसालैँ | यसले हामीलाई रोग प्रतिरोधी क्षमताको विकास गर्दै प्राकृतिकरूपमै स्वस्थ एवं निरोगी हुन मद्दत गर्छ | यसरी खोपको परीक्षण प्रमाणीकरण नहुन्जेल मास इम्युनिटी हासिल गर्ने दिशामा गयौ भने हाम्रा लागि बरदान साबित हुनेछ । नेपाली जनजीवन एवं अर्थतन्त्रले पनि आफ्नो गति समात्नेछ |

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC