site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
भएन चहलपहल, सुनसान स्वयम्भू (फोटो फिचर)
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज वैशाख पूर्णिमा अर्थात् २५६४औं बुद्ध जयन्ती । भगवान गौतम बुद्धको जन्म भएको आजको दिनलाई बौद्ध धर्मावलम्बीले बुद्ध जयन्तीका रूपमा मनाउँछन् । ईशापूर्व ५६३ मा आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो ।

बुद्ध जयन्तीका दिन बुद्धको जन्मस्थल लुम्बिनीमा मायादेवीको मन्दिरलगायत देशभरका बैद्ध बिहार तथा गुम्बामा दर्शन, पूजापाठ र प्रार्थना गरी मनाउने चलन छ । यस वर्ष भने कोरोना भाइरस संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी गरिएको लकडाउनको कारण कुनै सार्वजनिक कार्यक्रम नगरी बुद्ध जयन्ती मनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको स्वयम्भू पनि सुनसान बन्यो । यहाँ बुद्ध जयन्तीमा हुने पूजापाठ गरिए पनि भक्तजन पुगेनन् । सरकारले बुद्ध जयन्तीको अवसरमा घर–घरमा दीपावली गर्न आह्वान गरेको छ । यस्तै बुद्ध जयन्ती समारोह समितिले पनि घरमै बसेर बुद्ध जयन्ती मनाउन आग्रह गरेको छ ।

यसबीच २५६४औं बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश जारी गर्दै बुद्धका उपदेश र मार्गदर्शनको परिपालनाले राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् । उनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न उत्साह उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षासमेत व्यक्त गरेकी छन् । 

Global Ime bank

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्व शान्तिको चाहनामा तड्पिरहेको र बुद्धका सन्देशहरु अझ बढी सन्दर्भिक भइरहेको बताउँदै शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा काठमाडौंको स्वयम्भूमा आज बिहानै देखिएका थप दृष्य :





NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC