site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
परिवासँग खुसी साट्दै छु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण हाल विश्वभर हुने खेलकुद प्रतियोगिताहरू पनि स्थगित छन् । जापानमा हुने टोकियो ओलम्पिकदेखि युरोपियन फुटबल लिगहरू पनि स्थगित छन् । नेपालमा हुने भनिएको घरेलु फुटबल तथा क्रिकेटका लिगहरू स्थगित छन् । 

यस्तो अवस्थामा धेरै खेलाडी घरमै प्रशिक्षण गरिरहेका छन् । सबै खेलाडी सेल्फ क्वारेन्टाइनमा छन् । नेपाली खेलाडीहरू पनि यतिबेला सेल्फ प्रशिक्षणमा छन् । भने धरै खेलाडी प्रशिक्षण स्थल राम्रो नभएकाले वर्क आउटमै समय बिताइरहेका छन् । कतिपय खेलाडी आफ्नो परिवारसँग घुलमिलमा व्यस्त छन् । उनीहरू परिवारसँग रमाइलो गर्दै बसिरहेका छन् । खेलको समयमा परिवारलाई समय दिन नसकेका खेलाडीहरूले यतिबेला परिवारलाई समय दिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको दैनिकी पनि यसरी नै बितिरहेको छ । 

ज्ञानेन्द्रको दैनिकी 
घरमै बसिरहेको छु । क्रिकेट त धेरै मिस हुन्छ । त्योभन्दा पहिला मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । पहिला क्रिकेटले गर्दा परिवार मिस हुन्थ्यो । अहिले परिवारसँग राम्रोसँग समय बिताइरहेको छु । 

Global Ime bank

बिहान उठेर पूजा गर्छु । सरसफाइ गर्ने चिया बनाउने खाने । छोरीसँग समय बिताउने । फूलमा पानी हाल्ने गर्छु । पहिले समय नभएर घरको मेन्टेन गर्न सकेको थिएन अहिले भने यसमै आफूलाई व्यस्त बनाएको छु । 

एक समय छोरीसँग खेलेर बित्छ । अर्काे समय सबै परिवार भएर बसेर टीभी हेर्नेलगायत काम पनि हुन्छन् । यो समयमा खाजा बनाउने पनि गरिरहेको छु ।  टिमका सहकर्मीहरूसँग खासै कुराकानी भएको भने छैन । कहिलेकाहीं ग्रुपमा के छ कस्तो छ भन्ने कुराकानी हुन्छ । 

ज्ञानेन्द्रको सन्देश 
लकडाउनको समयमा सबैले यसलाई जिम्मेवारी रूपमा पालना गर्नुपर्छ । मानिसको स्वास्थ्य अहिलेको अवस्थामा सबैभन्दा प्राथामिकतामा राख्न जरुरी छ । संसारका धेरै ठूला राष्ट्रहरू पनि यो समस्यामा छन् । बाहिरबाट आएका मानिसहरू पनि क्वारेन्टाइनमा बसिदिनु होला । सबैजना घरमै बस्नुहोला । सरकाले तोकेको मापदण्डहरू फलो गर्न अग्रह गर्दछु । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC