site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले भन्‍यो : कोरोना भाइरसको तथ्यांकमा अमिरिकी अधिकारीको टिप्पणी 'लज्जासपद'
Sarbottam CementSarbottam Cement

बेइजिङ । अमेरिकी अधिकारीहरुको चीनले नोभेल कोरोना भाइरसका संक्रमित र मृत्युको तथ्यांक लुकाएको भन्‍ने टिप्पणीप्रति चीनले कडा प्रतिक्रिया दिएको छ । 

चिनियाँ विदेश मन्त्रालयले बिहीबार भन्‍यो, " कोरोना भाइरससम्बन्धी चीनले गरेको तथ्यांकको रिपोर्टिङ्‌मा शंका व्यक्त गर्दै अमेरिकी अधिकारीहरुले गरेको टिप्पणीहरु 'लज्जास्पद'  छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुङयिङले नियमित ब्रिफिङका क्रममा भनिन्, "कोरोना भाइरस प्रकोपका विषयमा चीन खुला र पारदर्शी छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकालाई स्वास्थ्यजस्तो संवदेनशील विषयमा राजनीति नगर्न र आफ्ना जनताको सुरक्षामा ध्यान दिन चीनले आग्रह गरेको छ । 

यसअघि बुधबार ब्लुमबर्गलाई उदृत गर्दै तीन अमेरिकी अधिकारीहरुले अमेरिकी खुफियाले बुझाएको रिपोर्ट अनुसार चीनमा कोरोनाका कारण मृत्यु भएको तथ्यांक अपुरो भएको बताएका थिए । 

Global Ime bank

चीनमा मृत्यु भएका मानिसहरुको दाहसंस्कार गर्ने ठाउँ नपाएर लाइन लगाइएकोसमेत टिप्पणी गरिएको थियो । 

फ्रान्सका लागि चिनियाँ राजदूत लु साइले भने, "मार्च २३ सम्म सम्पूर्ण चिनियाँ शवगृहहरु पनि बन्द भएकाले अहिले लाइन देखिएको हो । जनवरी २३ देखि वुहानमा लकडाउन घोषणा गरिएपछि मानिसहरुको आवतजावत नै बन्द भएको थियो ।" 

उनका अनुसार सन् २०१९ मा वुहानमा ५१ हजार २०० को मृत्यु भएको र औसतमा महिनामा चार हजारको मृत्यु हुनेको गरेको छ । अन्य वर्षको तुलनामा जनवरी र फेब्रुअरीमा कोरोना भाइरसका कारण उक्त संख्या बढेको हो । 

बुधबारसम्म चीनमा तीन हजार १९९ कोरोना संक्रमितको मृत्यु भएको छ । जसमा दुई हजार ५५९ जना वुहानका रहेको बताइएको छ । अमेरिकामा भने कोरोना भाइरसका कारण करिब पाँच हजारको मृत्यु भइसकेको छ । - रोयटर्स साउथ चाइना मर्निङ पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC