site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा कोरोनाका शंकास्पद बिरामीलाई विशेष व्यवस्था 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड-१९) कोरोना भाइरसका शंकास्पद बिरामीका लागि विशेष उपचारको व्यवस्था गरेको छ ।

अस्पतालले गरेको बिशेष व्यवस्था अन्तर्गत अलग्गै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन वार्ड संचालन गरिएको अस्पतालले जनाएको छ । साथमा बिरामीका आफन्तजन तथा कुरुवाकालागि (भिजिटर्स लाउन्ज) कुरुवा कक्षको समेत ब्यवस्था गरिएको छ । भने विश्व स्वास्थ्य संगठनको निर्देशअनुसार इमर्जेन्सी स्क्रीनिङ रुम देखी आइसोलेशन वार्डसम्म पुर्याउनकालागि छुट्टै रेडमार्क्ड पाथको समेत ब्यवस्था गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महामारीका कारण उत्पन्न बिषम परिस्थितिमा कोभिड-१९ संक्रमित कोरोना भाइरसका शंकास्पद बिरामीको उपचारकालागि आवश्यक पर्सनल प्रेटेक्सन इक्युपमेन्ट-पिपिई समेत आफैं तयार गरेको जनाएको छ । उपचारका लागि आवश्यक उपकरण औषधि र स्वास्थ्यकर्मीका लागि ओरियन्टेसन समेत गरेर तयार अवस्थामा राखिएको छ। 

राज्यको निर्देशन अनुसार शंकास्पद कोरोनाका बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार उपचार ब्यबस्था मिलाएको अस्पतालका मेडिकल को अर्डिनेटर डा.बिश्वनाथ कोइरालाले जानकारी दिए ।

Global Ime bank

अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले ॐ अस्पताल आफुसँग भएका साधन श्रोतहरुले भ्याएसम्म राज्य र नागरिकलाई सहयोग गर्ने तत्पर रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC