site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनले एक कोरोना संक्रमितको उपचारमा २ हजार ३९५ डलर खर्चियो 
Sarbottam CementSarbottam Cement

बेइजिङ । चीनले एक कोरोना संक्रमितको उपचारका लागि दुई हजार ३९५ अमेरिकी डलर अर्थात् करिब १७ हजार युआन खर्च गरेको जनाएको छ । करिब ६५ प्रतिशत कोरोना संक्रमितको उपचार गरिसकेको चीनले उक्त रकम चीनको स्वास्थ्य सुरक्षा प्रणालीबाट खर्चिएको र बाँकी रकम स्थानीय सरकारी कोषले सहयोग गरेको ग्लोबल टाइम्सले जनाएको छ । 

मार्च १५ सम्ममा कोरोना संक्रमित र आशंकित गरी ९३ हजार २३८ मेडिकल बिल अर्थात् एक बिलियन ४० मिलियन अमेरिकी डलर (एक बिलियन युआन) चुक्ता गरिएको बताइएको छ । केही मानिसहरु एकभन्दा बढी पटक कोरोना जाँचका लागि आएकोसमेत जनाइएको छ । चिनियाँ नेसनल हेल्थकेयर सेक्युरिटी एड्‌मिन्सट्रेसनका वरिष्ठ अधिकारी सीओङ सीआनजुनका अनुसार करिब ६५ प्रतिशतको उपचार खर्च स्वास्थ्य सुरक्षा प्रणालीमार्फत चुक्ता गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी ४४ हजार १८९ कोरोना संक्रमितहरुले आफ्नो ६५ प्रतिशत बिल स्वास्थ्य सुरक्षा प्रणालीमार्फत् चुक्ता गरेको र ३५ प्रतिशत स्थानीय सरकारको सहायता कोषमार्फत् चुक्ता गरेको जनाइएको छ । सीओङले भने, "एक बिरामी बराबर करिब १७ सय युआन खर्च भएको छ ।" 

मुलुकभरका मेडिकल इन्स्टिच्युटका लागि स्वास्थ्य सुरक्षा प्रणालीले करिब १९.३ बिलियन युआन छुट्‌याएको जानकारी दिइएको छ । जसमध्ये ३.७ बिलियन युआन कोरोना भाइरसको इपिसेन्टर रहेको हुबेइमा पठाइएको थियो ।

Global Ime bank

चीनले फेब्रुअरीको सुरुआतमै कोरोना संक्रमितको उपचारमा अपुग रकम स्थानीय सरकारको सहायता कोषले चुक्ता गर्ने घोषणा गरेको थियो । 

यद्यपि, अमेरिकामा भने फरक आँकडा आएको छ । अमेरिकामा हरेक कोरोना संक्रमितको उपचारमा फरक-फरक खर्च भएको जनाइएको  छ । अमेरिकामा संक्रमितलाई कस्तो लक्षण देखिएको छ र संक्रमितको बिमा थियो कि थिएन भन्‍ने कुराका आधारमा फरक-फरक खर्च लाग्‍ने गरेको मार्च २२ मा प्रकाशित वाल स्ट्रिट जर्नलले जनाएको छ । 

कुनै कर्मचारी स्वास्थ्य बिमा योजना अन्तर्गत उपचार गरिएका कोरोना संक्रमितको निमोनियाको उपचारमा करिब २० हजार अमेरिकी डलर खर्च हुने गरेको र अन्यमा १३ सय अमेरिकी डलर औसतमा खर्च हुने गरेको जनाइएको छ । कुनै जटिलता नभएको र सामान्य लक्षण भएको कोरोना संक्रमितको उपचारका लागि औसतमा ९ हजारसम्म खर्च हुने गरेको र औसतमा प्रति बिरामीको उपचारमा १ हजार ४६४ अमेरिकी डलर खर्च भइरहेको वाल स्ट्रिट जर्नलको तथ्यांकले जनाएको छ । 

कोरोना संक्रमण छ कि छैन भनेर गरिने न्युक्लिक एसिड परीक्षण नि:शुल्क हुने गरेको छ । - ग्लोबल टाइम्स 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC