साहित्य
एजेन्सी । अमेरिकन अभिनेता मार्क ब्लुमको ६९ उमेरमा निधन भएको छ । कोरोना भाइरससँग जुधिरहेका उनी पछिल्लो समय निकै कमजोर भएसँगै निधन भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
उनको निधनबारे उनकी पत्नी जेनेट ज्यारीसले पुष्टि गरेकी हुन् । कोरोना भाइरसकै कारण २५ मार्चमा ब्लमको निधन भएको उनी पत्नीले फक्स मिडियालाई इमेलमार्फत जनाएकी हुन् । उनको न्युयोर्क प्रेस्बिटेरियन अस्पतालमा निधन भएको हो ।
थिएटरका साथै चलचित्र र टीभी कार्यक्रमहरूमा पनि देखिँदै आइरहेका ब्लमले ‘डेस्परेटली सिकिङ सुजान’, ‘क्रोकोडाइल डन्डी’, लगायत थुपै नेटफ्लिक्स सिरिजमा अभिनय गरेका छन् । (फक्सन्युज)
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६ १३:४५
प्रतिक्रिया दिनुहोस्