site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
तत्काल विश्वव्यापी युद्धविराम गर्न राष्ट्रसंघको आग्रह 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी युद्धविराम गर्न आह्वान गरेका छन् । 

महासचिव गुटेरेसले भनेका छन्, "भाइरसको हिंसात्मक संक्रमणले युद्धको अवस्थालाई चित्रण गर्छ । त्यसकाण मैले तत्काल विश्वका हरेका कुनामा भइरेका युद्धहरुलाई रोक्न आग्रह गरेको हुँ । यो समय सम्पूर्ण सशस्त्र द्वन्द्वलाई लकडाउन गर्ने र जीवनको वास्तविकतासँग लड्न एकताबद्ध हुने समय हो ।"

Prabhu Bank
Agni Group
NIC Asia

युद्धविरामले मानवजातिलाई कोभिड-१९ को संक्रमणविरुद्ध लड्‍ने केन्द्रित गर्नेछ । 

चीनको वुहानमा डिसेम्बर २०१९ मा पहिलोपटक देखिएको भाइरस हाल विश्वका १८० भन्दा बढी मुलुकमा फैलिइसकेको छ । हालसम्म तीन लाख ८० हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब १६ हजारभन्दा बढीको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

Global Ime bank

महासचिव गुटेरेसले ट्विटरमा भनेका छन्, "कोभिड-१९ ले कुनै राष्ट्र, धर्म, जाति अथवा अन्य मानिसहरुबीचको फरक छुट्याएर संक्रमण गराउँदैन । यसले युद्धकोजस्तै बेप्रवाह जुनसुकै व्यक्तिलाई पनि आक्रमण गर्नसक्छ ।"  यस भाइरसको उच्च जोखिममा महिला, बालबालिका, अपांगता भएका, सीमान्तकृत समुदायहरु, शरणार्थीहरु र घरबारविहीन पारिएकाहरु रहेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC