site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
सीमानाका बन्द हुँदाहुँदै आएकालाई नेपाल ल्याउने प्रबन्ध केही छैन : गृह मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतबाट फर्किएका नेपालीहरु नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका भए पनि गृह मन्त्रालयले भने उनीहरुलाई नेपाल ल्याउने विषयमा कुनै प्रबन्ध नभएको बताएको छ । 

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बाह्रखरीसँग कुरा गर्दै सीमा नाका बन्द हुँदाहुँदै आएकाहरुलाई नेपाल ल्याउने कुनै प्रबन्ध नभएको गैरजिम्मेवारपूर्ण जवाफ दिए । 
उनले बाह्रखरीसँग भने, "सीमा नाका बन्द हुँदाहुँदै आएकाहरुलाई अलपत्र परेको भन्‍न मिल्दैन । सीमा नाका बन्द भइसकेको छ । उनीहरुलाई नेपाल ल्याउने विषयमा कुनै प्रबन्ध मिलाइएको छैन ।" 

Prabhu Bank
Agni Group
NIC Asia

भारतका विभिन्‍न ठाउँबाट नोभेल कोरोना भाइरसको त्रास र नेपालीहरुको नयाँ वर्ष मनाउन स्वदेश फर्किएका ३०१ जना नेपालीहरु कञ्‍चनपुरको गड्डाचौकीभन्दा पारीको १० गजा क्षेत्रमा अलपत्र परेका छन् । जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका छन् ।

भारतको उत्तराखण्ड राज्यमा जनता कर्फ्यु मार्च ३१ सम्म जारी भए पनि बाटोमा उनीहरु अलपत्र पर्नसक्ने भन्दै  बनबासाबाट नेपालतर्फ पठाइए पनि नेपालमा भने आफ्नै जनतलाई आउन रोक लगाइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबार राति बसेको बैठकले भारत-चीनसँगका नाकाहरु बन्द गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम आजैदेखि सीमा नाकाहरु सिल गरिएका छन् भने कञ्‍चनपुर 'लकडाउन'को स्थितिमा छ । 

Global Ime bank

सीमा नाका बन्द हुँदा दशगजामा अलपत्र नेपाली

सरकारले गन्तव्यका लागि हिडिसकेकाहरुलाई गन्तव्यमा पुग्‍न लाग्ने समयसमेत नदिएर सीमा नाका बन्द गरेको हो । कञ्‍चनपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले भने सीमा नाका बन्द गर्ने केन्द्रको निर्देशन भएकोले उनीहरुलाई आउने दिने विषयमा आफूले केही गर्न नसक्ने स्वीकार गरे । 

उनीहरुलाई नेपाल ल्याउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको कञ्‍चनपुरका सीडीओ खतिवडाले जानकारी दिए । उनले बाह्रखरीसँग भने, "सरकारले सीमा नाका बन्द गर्ने घोषणा गरेको छ । सोमबार बिहान १० बजेसम्म सीमामा आएकाहरुलाई नेपाल प्रवेश गर्न दिएका छौं । उनीहरुको विषयमा के गर्ने भन्‍ने विषयमा हामीले निर्णय गर्ने अधिकार छैन । गृहमन्त्रालयको आदेश चाहिन्छ । हामी गृहको आदेश कुरिरहेका छौं ।" 

सरकारले ढिलो गरी निर्णय लिएको र आवतजावतका लागि समय नदिएको हुँदा यस्तो समस्या उत्पन्‍न भएर आफू अलपत्र परेको दशगजामा बसेका नेपालीहरुको गुनासो छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC