site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सीमा नाका बन्द हुँदा दशगजामा अलपत्र नेपाली
Ghorahi CementGhorahi Cement

कञ्‍चनपुर । भारतबाट फर्किएका नेपालीहरु नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । भारतका विभिन्‍न ठाउँमा घर फर्किन लागेका नेपालीहरु नेपाल सरकारले सीमा नाका बन्द गरेपछि अलपत्र परेका हुन् । भारतको उत्तराखण्ड सरकारले जनता कर्फ्युलाई जारी भएपनि गन्तव्यका लागि हिडिसकेकाहरुलाई नेपाल फर्किन दिइए पनि नेपालमा भने प्रवेश दिइएको छैन । उनीहरु हाल दशगजा क्षेत्रमा रहेको कञ्‍चनपुरमा प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । 

वनबासाबाट नेपालतर्फ आउन लागेका करिब ३०१ नेपालीलाई नेपाल छिर्न दिइएको छैन । जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका रहेको बताइएको छ । 

सरकारले आइतबार राति एकाएक सम्पूर्ण सीमानाका बन्द गर्ने घोषणा गरेको थियो । भारतमा पनि नोभेल कोरोना भाइरसको संक्रमणको त्रास फैलिनुका साथै नेपालीको नयाँ वर्ष मनाउन घर फर्किनेहरु अलपत्र परेका हुन् । 

Agni Group

उनीहरुलाई नेपाल ल्याउने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको कञ्‍चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । उनले बाह्रखरीसँग भने, "सरकारले सीमा नाका बन्द गर्ने घोषणा गरेको छ । सोमबार बिहान १० बजेसम्म सीमामा आएकाहरुलाई नेपाल प्रवेश गर्न दिएका छौं । उनीहरुको विषयमा के गर्ने भन्‍ने विषयमा हामीले निर्णय गर्ने अधिकार छैन । गृह मन्त्रालयको आदेश चाहिन्छ । हामी गृहको आदेश कुरिरहेका छौं ।" 

सरकारले ढिलो गरी निर्णय लिएको र आवतजावतका लागि समय नदिएको हुँदा यस्तो समस्या उत्पन्न भएर आफू अलपत्र परेको दशगजामा बसेका नेपालीहरुको गुनासो छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १६:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC