site stats
बाह्रखरी :: Baahrakhari
देश
हैजाबाट बालबालिकालाई कसरी जोगाउने ?

काठमाडौं । गर्मी तथा वर्षायाम सुरु भएसँगै विशेषगरी बालबालिकामा झाडापखाला, हैजाजस्ता रोगहरू फैलने सम्भावना उच्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

झाडापखाला, हैजाजस्ता रोगहरू फैलने सम्भावना उच्च हुने भएकाले सावधानी र सतर्कता अपनाउनुपर्ने मन्त्रालयले बताएको  छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

घरैमा बसेर पनि उपचार गर्न सकिने मन्त्रालयले जनाएको छ । “झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोल्ने र पटकपटक खुवाउने गर्नुपर्छ,” मन्त्रालयले भनेको छ, “प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटकपटक खानुपर्छ ।” 

नरम तथा सजिलै पच्ने खानेकुरा थोरैथोरै गरी पटकपटक खानुपर्नेमा मन्त्रायलको जोड छ । 

“स्वास्थ्यकर्मीले सिफारिस गरेअनुसार जिंक चक्कीको मात्रा नविराइकन खानुपर्छ,” मन्त्रायल भनेको छ, “व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । स्वच्छ पानी तथा खाना खाने गर्नुपर्छ ।”

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्