देश

काँक्रेविहार (सुर्खेत) । कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा आज बिहान सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।” रासस
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्