site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
नेपालमा दुई महिनापछि दोस्रो संक्रमित, यो अवधिमा सरकारले के-के गर्‍यो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको वुहानमा सन् २०१९ को अन्तिम महिना अर्थात् डिसेम्बरको अन्तिममा कोरोना संक्रमण देखिएको थियो । जनवरी पहिलो साता ती संक्रमित व्यक्तिको मृत्यु भयो र जनवरी ११ मा चीन सरकारले उनको कोरोना संक्रमणबाट मृत्यु भएको घोषणा गर्‍यो । 

जनवरी २९ मा विश्व स्वास्थ्य संगठनले विश्वका करिब १०० मुलुकमा कोरोना संक्रमण फैलिइसकेको बेला विश्व स्वासथ्य आपतकाल घोषणा गर्‍यो । संगठनले फेब्रुअरी ३० मा विश्वव्यापी महामारीको रुपमा पहिचान गर्‍यो ।

नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा माघ ४ गते अर्थात् जनवरी २३ मै कोरोना संक्रमित भएको पुष्टि गरिएको थियो । चीनबाट फर्किएका ती विद्यार्थीलाई रुघाखोकी लागेपछि जाँच गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा रोग नियन्त्रण महाशाखामा गएका थिए । माघ ४ गते अर्थात् जनवरी १८ मा उनको नमुना संकलन गरिएको थियो । नमुना जाँच क्रममा पोजेटिभ देखिएपछि पुष्टिका लागि उक्त नमुना हङकङ पठाइएको थियो । हङकङबाट पनि कोरोना पोजेटिभ नै भएको भन्‍ने रिपोर्ट आएपछि जनवरी २३ मा स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कोरोना देखिएको जानकारी दिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, अहिले ठीक भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । यसबीचमा कोरोनाको आशंकामा टेकु पुगेका बिरामीहरुको कोरोना जाँच गरिएको भए पनि नतिजा नेगेटिभ आएको अस्पतालले बताउँदै आएको थियो । 

नेपालबाट फर्किएका एक स्पेनी नागरिकको मृत्युको कारण पनि कोरोना भएको मार्च ३ मा स्पेनी सञ्‍चारमाध्यमहरुले लेखेका थिए । उनको फेब्रुअरी १४ मा मृत्यु भएको भए पनि मार्च ३ मा मृत्युको कारण कोरोना भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । हाल स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ७७२ पुगेको छ भने २८ हजारभन्दा बढी संक्रमित भएका छन् । स्पेनमा एकाएक संक्रमितको संख्या र मृत्यु हुनेको संख्या बढेको हो ।

Global Ime bank

यो दुई महिनाको अवधिमा सरकारले जति तयारी गर्नुपर्थ्यो त्योअनुरुप गर्न नसकेको भन्दै सरकारको तीव्र आलोचना भइरहेको छ । नेपालमा कोरोना संक्रमित देखिनेबित्तिकै सीमानाका बन्द गर्ने, कोरोनाबाट बच्‍ने पूर्वसावधानीका उपाय अवलम्बन गर्न जनचेतना जगाउनेलगायत कामहरु सरकारले फत्ते गर्नुपर्थ्यो । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले उनको सम्पर्कमा रहेको अन्य ६० जनाको नमुना परीक्षण गरिएको र कसैमा पनि कोरोना पोजेटिभ नदेखिएको बताएका थिए । 

कोरोना इपिसेन्टर चीनको वुहानबाट माघ १८ गते चीनमा रहेको नेपालीलाई फाराम भराएर बेइजिङ नेपाली राजदूतावासले चीनबाट फर्काउने पहल गरेको थियो । जसमा १ सय ८० नेपाली विद्यार्थीले फाराम भरेका थिए । तर, फाराम भरेकामध्ये १७५ जना गत फागुन ४ गते उद्धार गरे भक्तपुरको खरिपाटीको क्‍वारेन्टाइनमा राखेको थियो । 

उनीहरु सबैको २४ घण्टामा सबै राष्ट्रिय प्रयोगशालाको टिमले नमुना संकलन गरेको थियो । त्यसको तीन दिनमा सबैको नमुना नेगेटिभ देखिएपछि पुन १४ दिनमा दोस्रो पटकको नमुना संकलन गरिएको थियो । तीन दिनसम्म लगाएर गरिएको सबैको नमुना परिक्षण नेगेटिभ देखिएपछि गत फागुन १९ गते उनीहरुहरु क्‍वारेन्टाइनबाट बिदा भएका थिए । 

यसअघि चैत २ गते बसेको राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसलाई नेपालमा आउन नदिन विशेष तयारी गरेको बताएका थिए । उनले काठमाडौं उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ आईसीयू बेड तयारी अवस्थामा रहेको बताएका थिए । उनले अन्य बिरामीलाई अन्य अस्पतालमा उपचारको व्यवस्था गर्ने तयारी रहेको समेत बताएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो सूचीहरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल एपीएफ अस्पताल तोकेको छ भने अन्य प्रादेशिक ३६ अस्पतालहरुको सूचीकरण गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन पूर्वतयारीस्वरुप सबै अस्पताल शंकास्पद र बिरामीलाई जाँच गर्न छुट्टै कक्षको व्यवस्था, प्रादेशिक अस्पतालहरुबाट आइसोलेन वार्ड, आवश्यकताअनुसार प्रयोग गर्न खरिपाटी र नगरकोटको क्वारेन्टाइन स्थल यथावत् राख्‍ने, भारत र चीनसँग सीमा जोडिएका सीमावर्ती प्रदेश नाकाहरुमा आपतकालीन अवस्थामा क्‍वारेन्टाइन गर्न आवशयक पर्ने स्थान र संरचनाहरुको योजना बनाउने जनाएको थियो ।

सरकारले भीडमा नजान, सभा सम्मेलनमा नजान आग्रह गरे पनि विभिन्‍न कार्यक्रममा सरकारका मन्त्री र प्रतिनिधिहरु नै सहभागी भएका थिए । चैत ५ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) तय भएकोमा निकै ढिलो घरी चैत ४ गते साँझ अन्तिम घडीमा एसईई स्थगित गरेको सरकारले चैत ५ गते विभिन्‍न विश्वविद्यालय, सीटीईभीटीईलगायत सम्पूर्ण परीक्षाहरु स्थगित गर्नुका साथै स्कूल तथा कलेजहरु बन्दको घोषणा गरेको थियो । 

सिंगो विश्व आतंकित भइरहेको बेला नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवाबाहेकका सेवा बन्द गर्न, लामो दूरीका यातायात बन्द गर्न निर्देशन दिएका थिए । तर, कुन-कुन सेवा अथवा कार्यालय बन्द गर्ने भन्‍ने अन्योलताका माझ आइतबार साँझ बसेको मन्त्रिपरिषद्‌ले सम्पूर्ण सार्वजनिक तथा सरकारी कार्यालयहरु र निजी कार्यालयहरु खुला गर्ने निर्णय गरेको थियो । 

आइतबारै सम्पूर्ण सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरे पनि कतारबाट यसअघि नै आएकी एक महिलामा सोमबार स्वास्थ्य मन्त्रालयले कोरोना भएको पुष्टि गरेको हो । आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको बताएको मन्त्रालयले एक दिन ढिलो गरी पुष्टि गरेको सूचना सार्वजनिक गरेको हो । उनी कुन-कुन व्यक्तिको सम्पर्कमा थिइन् भन्‍ने यकिन हुन सकेको छैन । सरकारले उनी खोजी भइरहेको बताए पनि उनी आउँदा साथमा कति व्यक्ति थिए भन्‍ने सरकारले पुष्टि गर्न सकेको छैन । 

मन्त्रलायले उनीहरुको खोजी भइरहेको ठाडो जानकारी मात्रै दिएको छ । अहिले कोरोना देखिएकी किशोरी १९ वर्षीया भएकोले उनलाई त्यति धेरै संक्रमणले बढी जोखिम नहुने भए पनि सजग र सचेत हुन आवश्यक छ । सरकारको ढिलो तयारी र संकट भित्रिइसकेपछि सरकारले निर्णय गर्नु ढिलो भइसकेको छ । अझै पनि सरकारले थप सचेतता र सजगता अपनाउन आवश्यक छ । 

भारतले जनता कर्फ्यु जारी गरेर केही राज्यहरुमा जनता कर्फ्युलाई मार्च ३१ सम्म नियमित गरेको छ भने केही राज्य र जिल्लाहरु लकडाउन गरिएका छन् । नेपाल सरकारले पनि यस्तो उपाय अवलम्बन गर्न सक्छ ।

कोरोना आशंकामा जाँच गर्न आएका व्यक्तिको परीक्षण र संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयंसेवकलगायत टोलीको सुरक्षामा सरकारको तयारी शून्य छ । कोरोना प्रभावित क्षेत्रमा खटिने टोलीका लागि आवश्यक पोसाक, उपकरण तथा तालिमको पनि व्यवस्थापन गर्न सकेको छैन । हाल विश्वभर कोरोना संक्रमितको संख्या तीन लाख ४१ हजार तीन सय ९७ पुगेको छ भने १४ हजार सात सय ४६ को मृत्यु भइसकेको वर्ल्ड मिटरको तथ्यांक छ । छिमेकी भारतमा मात्रै यसको संक्रमणबाट सात जनाको मृत्यु भएको छ भने तीन सय ६० संक्रमित छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC