site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नीति निर्माणमा सघाउन गण्डकीका युवालाई अवसर
Sarbottam CementSarbottam Cement

पोखरा । के तपाईलाई संसदमा के हुन्छ, थाहा छ ? तपाईंले मत दिएर चुनाव जितेका जनप्रतिनिधिले संसदमा कसरी जनताका कुरा राख्ने गर्छन् ? यसको प्रक्रिया के हुन्छ ? हाम्रो जीवनमा प्रत्यक्ष सरोकार राख्ने कानुन बनाउने थलोमा के हुन्छ ? कसरी कानुन बन्छ, त्यहाँ सांसदको भूमिका कस्तो हुन्छ र उनीहरूले आफ्नो भूमिका कसरी निर्वाह गरिरहेका हुन्छन् त ?

आम जनमानसमा चासो रहेको र सबैलाई थाहा नभएको संसदीय प्रक्रियाको बारेमा जानकारी दिन पोखरामा गण्डकी प्रदेशस्तरीय तालिम गरिने भएको छ । संसदीय प्रक्रिया, त्यहाँ हुने गतिविधिदेखि लिएर फरकफरक अधिवेशनमा हुने संसदका कारबाहीको विषयमा जानकारी दिन यो तालिमले सहयोग पुर्‍याउने अपेक्षा राखिएको छ ।

पोखरा रिसर्च सेन्टरले पहिलोपटक गण्डकीमा प्रदेशस्तरीय तालिमको आयोजना गरेको हो । ११ वटै जिल्लाका इच्छुकहरू तालिममा सहभागी हुन सक्नेछन् । यसका लागि संस्थाले आवेदन खुला गरिरहेको छ । २१ माघ सम्म आवेदन लिने र अन्य प्रक्रिया अगाडि बढाइने संस्थाका कार्यकारी निर्देशक सुजन रेग्मीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आवेदन चाहिँ २० देखि ३० वर्ष उमेरसमूहका युवायुवतीले दिन सक्नेछन् ।

रेग्मीका अनुसार पहिलो चरणमा आवेदन लिने, त्यसपछि सर्टलिस्टिङ गर्ने र छनोट भएकालाई विभिन्न दुई चरणको तालिम दिइनेछ । तालिम क्रमशः तीन र पाँच दिनको हुनेछ ।

Global Ime bank

तालिमपश्चात १२ जना सहभागीलाई छनोट गर्ने र गण्डकी प्रदेशसभा बैठकको बजेट अधिवेशनमा प्रत्यक्ष सहभागी बनाई सांसदहरूलाई नीति निर्माण, तथ्यांक संकलन विश्लेषण, अन्तर्वार्ताको तयारीका लागि आवश्यक विषयवस्तु तयार गर्ने, संसदीय उपसमितिमा हुने छलफल र विषयवस्तु अध्ययन, निर्वाचन क्षेत्रको अध्ययन लगायतका कार्यहरूमा संलग्न हुने अवसर पनि पाउनेछन् ।

उत्कृष्ट सहभागीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका तालिममा सहभागी हुने अवसर समेत प्रदान गरिने रेग्मीले जानकारी दिए ।

“नीति निर्माणको तह, राजनीतिक ज्ञान र अध्ययनमा सहयोग पुग्ने खालको जनशक्ति उत्पादन गर्न तालिमको आयोजना गरिएको हो ।” उनले बताए । 

तालिममा सहभागीले संसद, तथ्यांकको विश्लेषण र प्रस्तुतीकरण, आर्थिक र मौद्रिक नीति, योजना र बजेट विश्लेषण, अन्तर्राष्ट्रिय सम्बन्धदेखि सरकार र सुशासनको विषयमा समेत जानकारी लिन पाउनेछन् । सहभागीहरूलाई राष्ट्रिय स्तरका विज्ञहरूबाट तालिम प्रदान गरिनेछ ।

इच्छुकले आवेदनको लागि गुगल फर्म भर्न सक्नेछन ।

कार्यक्रमलाई अमेरिकन दूतावासले सहयोग गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १६, २०७६  २०:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !