site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उदय सोताङको ‘घाम लागेन’ टुबोर्ग ओपन सेसन्स् सिजन २ मा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । टुबोर्ग ओपन सेसन्स् सिजन २ मा उदय सोताङको ‘घाम लागेन’ सार्वजनिक भएको छ । 

च्यानल आरबिट्ररीद्वारा २०१८ मा शुरु गरिएको टुबोर्ग ओपन सेसन्स् एक युट्युब श्रृंखला हो र पछिल्लो सिजनको व्यापक सफलतापछि केहि प्रख्यात कलाकारहरुको बेजोड प्रस्तुतिको साथमा टुबोर्ग ओपन सेसन्स्को सिजन २ शुरु भएको छ ।

सबैको मन छुने गीत ‘घाम लागेन’ ले जिन्दगीको दुःखको बारेमा बताउँछ । गीतले जिन्दगीको अध्याँरो पक्षको वर्णन गर्दछ । 

Agni Group
NIC Asia

२०१९ मा रिलिज भएको उक्त गीत ‘मन भोल. २’ बाट रहेको छ । टुबोर्ग ओपन सेसन्स्मा मनोज कुमार केसीले गीतको संगीत रिएरेन्ज गरेका छन् । 

उदय सोताङ नेपाली संगीत बजारमा निकै प्रचलित नाम हो । उनले करिब २०० भन्दा बढी गीतहरु लेख्नुका साथै कम्पोज गरेका छन् । 

Global Ime bank

उनकी पत्नी मनिला सोताङसँग मिलि सोताङ जोडिले हालसम्म १० वटा भन्दा बढी एल्बमहरु निकालेका छन् । उनीहरुले धेरै हिट नेपाली गीतहरु दिएका छन् ।

टुबोर्ग ओपन सेसन्स् सिजन २ मा दुई प्रख्यात निर्माता रोहित शाक्य र मनोज कुमार केसीले नेपाली संगीतको सारलाई पुनर्जीवित गर्दै सबै २६ वटा गीतहरुमा सँगै सहकार्य गर्नेछन् । 

सिजन २ ले नेपाली संगीतकारहरुसँग गौरवपुर्ण उत्साह मनाउँदै उनीहरुलाई टुबोर्ग ओपनको मञ्चमा ल्याउने क्रम जारी राख्नेछ । 

नेपाली संगीत उद्योगको विविधतालाई अँगाल्ने र परम्परागत साँगीतिक आधारहरुलाई सम्मान गर्ने यस सेसनको लक्ष्य रहेको छ ।

टुबोर्ग ओपन सेसन्स् सिजन १ ले नेपाली दर्शकहरुलाई कलाकारहरुको विविध समुहको प्रस्तुतीको साथ ध्यानाकर्षण गर्न सफल रह्यो । 

सिजन १ मा ५ ड्रिम बिग प्रोजेक्टका विजेताहरुको साथै ३६ जना लोकप्रिय कलाकारहरुले ५१ वटा गीतहरु निर्माण गर्न सँगै सहकार्य गरेका थिए जुन युट्युबमा च्यानल आरबिट्ररी मार्पmत अपलोड गरिएको थियो जसले १ करोड भन्दा बढी भ्युज संकलन गरेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu