site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘संगठनमा भ्रष्टाचार गर्ने छुट कसैलाई छैन’

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) शैलेन्द्र खनालले संगठन नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताएका छन् ।

१९औं सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संगठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने बताए । तर भ्रष्ट आचरणका कर्मचारीलाई कडा कारबाही गर्ने बताए । उनले भने, ‘‘यही नीतिअनुरूप सबैलाई जिम्मेवार र जवाफदेही बन्न आग्रह छ ।’’

आईजीपी खनालले संगठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने १२ सय ९७ कर्मचारीलाई कारबाही गरिएको पनि जानकारी दिए ।

आफ्नो कार्यकालमा संगठनभित्र राम्रो काम गर्ने ५ सय २१ कर्मचारीलाई पुरस्कृत पनि गरिएको उनले बताए । खनालले राम्रा काम गर्दा आइपर्ने कठिनाइको जवाफदेहिता लिन संगठन प्रमुखको हैसियतले आफू सधैं तयार रहेको पनि बताए । दिवसकै अवसरमा संगठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान पनि गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ९, २०७६  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro