site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सडकको चट्टान फोर्न ‘केमिकल’, कसरी गरिन्छ प्रयोग ?

ओखलढुंगा । मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमिकलको प्रयोग गरिने भएको छ । लामो समयसम्म चट्टान फोर्न नसकेपछि केमिकलको प्रयोग गर्नुपर्ने अवस्था आएको हो । 

सुनकोसी गाउँपालिका–६ काउसेदेखि वडा नं. ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन । 

उक्त चट्टानलाई लामो समयसम्म ब्रेकर लगाउँदा पनि कटान गर्न नसकेकाले केमिकल प्रयोग गरी चट्टान फोर्ने तयारी गरिएको हो । 

कम्प्रेसर मेसिन ल्याइसकेकाले चट्टानलाई ड्रिल गरी केमिकल प्रयोग गरिने निर्माण कम्पनी महालक्ष्मी भुजेल जेभी निर्माण सेवाका प्रोपाइटर तेजबहादुर भुजेलले जानकारी दिए ।   

यसरी प्रयोग गरिन्छ केमिकल   
ढुंगालाई कम्प्रेसर मेसिनले ड्रिल गरेर पाँचदेखि आठ फुटसम्मको प्वाल बनाइन्छ । ती प्वालमा साढे दुई लिटर र आठ फिटको प्वालमा साढे तीन लिटर केमिकल राखिन्छ । 

उक्त प्वालमा १२ घण्टादेखि ७२ घण्टासम्म केमिकल राखिन्छ । केमिकलले ढुंगालाई गलाएर चर्काउँछ र ढुंगा टुक्रिन्छ । 

चट्टानलाई कति गहिराईसम्म चर्काउने हो सोहीअनुसार प्वाल  बनाउने गरिन्छ । प्वालमा  नापअनुसारको केमिकल राखेर कम्तीमा १२ देखि बढीमा ७२ घण्टासम्म राख्नुपर्ने ब्लास्टर रामप्रसाद पन्थीले जानकारी दिए ।  

सडक निर्माणमा यो प्रविधि जिल्लामै पहिलोपटक प्रयोग गर्न लागिएको हो । केमिकलबाट पनि चट्टान फुटाउन नसकेको खण्डमा ब्लास्टिङको प्रयोग गरिने प्रोपाइटर भुजेलले बताए । 

सडक निर्माण सम्झौतामा ‘ब्लास्टिङ आइटम’ नभएकाले केमिकल प्रयोग गर्न लागिएको उनको भनाइ छ । 

हर्कपुरदेखि करिब चार किलोमिटर मोलुङ दोभानसम्म कालोपत्र गर्ने र मोलुङ दोभानदेखि साढे दुई किलोमिटरसम्म कटिङ गर्न महालक्ष्मी भुजेल जेभी निर्माण सेवाले सम्झौता गरेको थियो । 

०७९ माघ २३ गते सम्झौता भई आगामी माघको २३ गते सम्पन्न गर्ने गरी २५ करोड लागतमा ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय हर्कपुरका इन्जिनियर दीपककुमार दासले जानकारी दिए ।  

हरिबोले भीरको ट्रयाक जोडिएपछि ओखलढुंगा सदरमुकामदेखि उदयपुरको घुर्मी जोडिने छोटो दुरीको सडक खुल्नेछ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro