site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सेना पठाउने प्रस्ताव अस्वीकार गरेपछि मेक्सिकोविरुद्ध ट्रम्प आक्रोशित  

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाम देशका शक्तिशाली लागुऔषध कारोबार गर्ने समूह (कार्टेल)बाट डराएको आरोप लगाएका छन् ।

सीमापार अवैध लागुऔषध व्यापार रोक्न अमेरिकी सेना पठाउने अमेरिकाको प्रस्ताव मेक्सिकोकी राष्ट्रपति शेइनबामले अस्वीकार गरेपछि ट्रम्प आक्रोशित भएको समाचार संस्था एपीले जनाएको छ ।

गत महिना ट्रम्पसँगको फोन कुराकानीमा मेक्सिकोमा ड्रग्स कार्टेलविरुद्ध अमेरिकी सेनाको भूमिका बढाउन दबाब दिएको  विषय शेइनबामले एक दिनअगाडि पुष्टि गर्दै सार्वजानिक गरेकी थिइन् ।

“उनी कार्टेलहरूसँग धेरै डराउँछिन् र अगाडि बढ्न सक्दिनन्, त्यो नै मुख्य कारण हो,” ट्रम्पले आइतबार एयर फोर्स वन जहाजमा पत्रकारहरूसँग भने, “मलाई लाग्छ उनी राम्री महिला हुन् । तर उनी कार्टेलहरूबाट धेरै डराएकी छिन् र ठिकसँग सोच्न पनि सक्दिनन् ।” 

शेइनबामले एक दिनअगाडि मात्र ट्रम्पले मेक्सिकोमा सेना पठाउने प्रस्ताव गरेको सत्य भएको बताउँदै विचारलाई मैले अस्वीकार गरेकोमा ट्रम्प आक्रोशित भएको बताएकी थिइन् ।

जनवरीमा ट्रम्पले मेक्सिकोबाट अमेरिका छिर्ने आप्रवासी प्रवाह रोक्न सेनाको भूमिका बढाउने आदेश दिएपछि मेक्सिकोसँगको दक्षिणी सीमामा अमेरिकी सैन्य उपस्थिति बढाइएको छ ।

अमेरिकी उत्तरी कमान्डले सीमामा सैनिक र उपकरण थप्दै सीमाको छेउबाट आगुऔषध फेन्टानिल तस्करी रोक्न मानवयुक्त निगरानी उडानहरू बढाएको र कार्टेलविरुद्ध मेक्सिकोको सेनासँग सहकार्य गर्न विशेष बलहरूलाई अधिकार विस्तार गर्न खोजेको छ ।

तर, शेइनबामले मेक्सिकोभित्र अमेरिकी सेनाको परिचालन नहुने बताइन् । 

“हामी मिलेर काम गर्न सक्छौँ । तर, तपाईंको सेना आफ्नो क्षेत्रमा र हाम्रो सेना हाम्रो क्षेत्रमा,” शाइनबामले ट्रम्पलाई भनेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  ०८:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro