प्रदेश १ मा मकर संक्रान्तिको बिदा

प्रदेश १ मा मकर संक्रान्तिको बिदा

विराटनगर । प्रदेश १ सरकारले भोलि (बुधबार) मकर संक्रान्ति (माघी पर्व) को अवसरमा सार्वजनिक बिदा दिएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । थारू समुदायको माघी तथा माघे संक्रान्तिको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको बताइएको छ ।

यसैबीच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले थारू समुदायको चाड माघी तथा मगर, छन्त्याललगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

प्यासीले जारी गरेको विज्ञप्तिमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

प्रतिकृया दिनुहोस
ad