site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘मिस नेपाल युरोप २०२०’ बेल्जियममा हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेल्जियममा पहिलोपटक ‘मिस नेपाल युरोप २०२०’ को आयोजना हुने भएको छ । ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगिता जनवरी २६ मा बेल्जिमयको लोवेन सहरमा हुने भएको हो ।

विभिन्न देशमा गरिएको अडिसनका सहभागीबाट छानिएका अन्तिम १२ मध्येबाट एकजना छनोट हुनेछन् । ड्रिम्स नेपालकी संस्थापक तथा एनआरएनए युरोप क्षेत्रीय महिला संयोजक योगिता थापाका अनुसार ‘मिस नेपाल युरोप २०२०’ को विजेताले मिस नेपालको आगामी प्रतियोगितामा सीधै प्रवेश पाउनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा विजेता हुनेले नगद पुरस्कारका साथै क्राउन पाउनेछन् । फस्र्ट तथा सेकेन्ड रनर अपलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगितामा मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस फोटोजेनिक र मिस कन्फिडेन्टको सब–टाइटल समेत प्रदान गरिनेछ । 

संयोजक थापा आफै युरोपियन मोडलिङ प्रतियोगिताको फाइनलिस्ट हुन् । प्रतियोगिताको कोरियोग्राफर पूर्वमिस नेपाल सुगारिका केसी छन् । डिजाइनर यूबी थापाको पहिरनमा प्रतियोगी प्रस्तुत हुनेछन् ।

Global Ime bank

बेल्जियमबाट मिला नेपाली, लुना श्रेष्ठ, सबिना नेपाली र ज्योति भट्टलगायत आयरल्यान्डबाट संगीता थापा, अस्ट्रियाबाट सुशीला बोहोरा, फिनल्यान्डबाट निरुषा खत्री, स्विट्जरल्यान्डबाट रोजमेरी भोटिया, नर्वेबाट श्रद्धा थापा, जर्मनीबाट आश्मा घिमिरे तथा सामु पराजुली र फ्रान्सबाट श्रीया भण्डारी फाइनलिस्टका रूपमा चयन भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC