site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 कोइराला निवासमा जनप्रतिनिधिसँग डा. शेखरको छलफल
Sarbottam CementSarbottam Cement

विराटनगर । नेपाली कांगेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रदेश १ का जनप्रतिनिधिसँग कोइराला निवास विराटनगरमा छलफल गरेका छन् । 

प्रदेश १ का विभिन्न स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी भएका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुसँग निवासमा समसामयिक राजनीतिको विषयमा छलफल गरिएको हो ।

छलफलमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी थिए । त्यस अवसरमा कोइरालाले कांग्रेस अहिले जत्ति अफ्ठेरो अवस्थामा कहिल्यै नपुगेको बताउँदै भने,‘‘हामी विपक्षी भएदेखि नै विभिन्न ढंगले प्रहार भईरहेको छ । योसँग जुध्नको लागि पनि पार्टी एकढिक्का हुन जरुरी छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

कोइरालाले सरकारको गतिविधि अधिनायवादतर्फ उन्मुख रहेको र यसले जनताका अधिकारलाई कुण्ठित बनाउने षडयन्त्र गरिरहेको बताए ।

प्रमुख उपप्रमुखहरु कांग्रेसको टिकट पाएर विजयी भएको र अहिलेको समस्यालाई पार लगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । 

Global Ime bank

भने,‘‘तपाइँहरुले गरेको कामले सिंगो पार्टी र जनतामाझ पनि सन्देश जान्छ ।’’ 

उनले निश्पक्ष र विकासमा ध्यान दिएर जनमुखी काम गर्न प्रमुख उपप्रमुखहलाई सुझाव दिए ।

छलफलमा भेला भएका प्रमुखहरुले पार्टीमा देखिएका समस्यालाई शीर्घ समाधान गर्नुपर्ने सुझाव दिएका थिए ।  उनीहरुले कांग्रेस विजयी भएका पालिकाहरुमा समेत काम गर्न कठिनाइ भएको दृष्टान्त प्रस्तुत गरेका थिए ।  निवासमा गरिएको छलफलमा प्रदेश १ मा विजयी भएका पहाडी तथा मधेशका विभिन्न तहका प्रमुखहरुको सहभागिता थियो । 

प्रदेश समन्वय परिषदको बैठकमा सहभागी हुन आएका प्रमुख उपप्रमुखहरुलाई कोइराला निवासमा निमन्त्रणा गरी समसामयिक विषयमा छलफल गर्न र एक आपसका विषयलाई अन्तरसंवाद गरिएको कोइरालाले बताए ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छलफलले आफूहरुबीचका अनुभव आदान प्रदान गर्न समेत मद्धत मिलेको सुनाए । 

भने, ‘‘यस्ता सन्दर्भले काम गर्दाका समस्या र अनुभव आदान प्रदान गर्न समेत सहयोग हुने गरेको छ ।’’ छलफलमा प्रदेश १ मा राष्ट्रिय सभामा कांग्रेसमा उमेदवार पनि सहभागी थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement