काठमाडौं । च्याम्पियन टिम एपीएफकी सरस्वती चौधरी तेस्रो संस्करणको न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
आइतबार सम्पन्न भएको प्रतियोगितामा एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएकी हुन् । उनले २१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाएकी छन् ।
विधागत अर्वाडमा सरस्वती उत्कृष्ट सर्भर घोषित भएकी थिइन् । उत्कृष्ट सर्भर घोषित भएकी उनले ७ हजार १ सय १ रुपैयाँ पुरस्कार पाइन् ।
एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर घोषित भइन् । न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर हुँदा अरुणा शाही उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स भइन् ।
उत्कृष्ट क्विकर पुलिसकी कोपिला राना भइन् । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक भए । उत्कृष्ट सबैले जनही ७ हजार १ सय १ रुपैयाँ पुरस्कार पाए । निकै प्रतिस्पर्धात्मक फाइनलमा एपीएफले न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराएको थियो ।