अर्थ व्यवसाय
काठमाडौं । विशाल ग्रुप फाउन्डेसन र प्रुडेन्सियल इन्स्योरेन्सको सहयोगमा बाराको मुसहर बस्तीमा न्यानो कपडालगायतका सामग्री वितरण गरिएको छ ।
यसअन्तर्गत बारा जिल्लाको महागढीमाई नगरपालिकाको तेलकुवामा न्याना सामग्री वितरण गरिएको हो । सो ठाउँ गत वर्षको विनाशकारी आँधीबाट नराम्ररी तहसनहस भएको क्षेत्र हो ।
तेलकुवाको वडा नं. २ र ७ को मुसहर बस्तीमा प्रत्येक घरलाई एक–एक थान ज्याकेट, कम्बल, ट्र्याकसुट, टोपी र पुरी–तरकारी वितरण गरिएको हो ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, बाराका प्रहरी उपरीक्षक विकाशराज खनाल र कम्पनीका प्रमुख कार्यकारी अधिृकत वीरकृष्ण महर्जनबाट राहत सामग्री वितरण गरेको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस १८, २०७६ १७:५५
प्रतिक्रिया दिनुहोस्