site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकासँग सम्बन्ध बिग्रिएको बेला चीन, इरान र रुसले संयुक्त सैन्य अभ्यास गर्दै
Siddhartha BankSiddhartha Bank

वासिंटन । चीन, इरान र रुसले संयुक्त नौसेना अभ्यास गर्ने भएको छ । इरान र अमेरिकाबीच विवाद चर्किरहेका समयमा चीन, इरान र रुसले शुक्रबारदेखि इन्डियन ओसन र सी अफ ओमाननमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको चिनियाँ विदेशमन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

उक्त अभ्यासका लागि चीनले सीनिङ (मिसाइल विनाशक टोली) लाई पठाउने भएको छ । "उक्त अभ्यास सोमबारसम्म चल्‍ने छ । यसले तीनवटै मुलुकबीचको जलसेनाको सम्बन्धलाई थप मजबुत बनाउनेछ," विदेश मन्त्रालयका प्रवक्ता वि क्वानले मासिक बिफ्रिङका क्रममा भने । उनले यो अभ्यास 'सामान्य सैन्य आदानप्रदान' भएको र तीनवटै सैन्य बलले अन्तर्राष्ट्रय कानुन र अभ्यासभित्र रहेर गर्ने बताएका छन् । "यो कुनै क्षेत्रीय मुद्दासँग सम्बन्धित छैन," वील भने । 

Agni Group
NIC Asia

ओमनको समुद्र विशेषरुपमा संवेदनशील जलमार्ग हो, जुन स्ट्रेट अफ होर्मुजसँग सम्बन्धित छ । यही जलमार्ग हुँदै विश्वको तल निर्यात हुने गर्छ ।  इरानसँग अमेरिकाको सम्बन्ध बिग्रिएको समयमा भएको यस किसिमको सैन्य अभ्यासलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सन् २०१५ को परमाणु सम्झौताबाट अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकल रुपमा बाहिरिने निर्णय गरेपछि इरानसँगको सम्बन्धमा थप दरार पैदा भएको हो । अमेरिकाले इरानमाथि प्रतिबन्धसमेत लगाएको छ । जसले गर्दा त्यहाँको अर्थतन्त्र नै धरापमा पर्ने स्थिति सिर्जना भएको छ । 

वाशिङ्टनले अमेरिकी नेतृत्वमा नौसेना मिसन बनाउने प्रस्ताव गरेको थियो  । तर, उक्त प्रस्ताव सफल हुन सकेको छैन । इरानको परमाणु योजनाका कारण मात्रै सम्बन्ध बिग्रिएको नभई सेप्टेम्बरमा साउदीको तेल कारखानामा भएको आक्रमणका कारण पनि इरानसँगको सम्बन्ध बिग्रिएको हो । अमेरिकाले उक्त आक्रमण इरानले  गरेको आरोप लगाए पनि इरानले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ । 

Global Ime bank

इरानसँग चीनको नजिकको कूटनीतिक, व्यापारिक र ऊर्जा सम्बन्ध छ । त्यस्तै इरानको क्षेत्रीय विवाद सिर्जना भएको मुलुक साउदी अरेबियासँग पनि चीनको राम्रो सम्बन्ध छ । आगामी वर्ष २०२० को जि २० सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी जिनपिङ साउदी अरेबियाको भ्रमणमा जाने भएका छन् । -रोयटर्स

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १०, २०७६  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय