site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पाँच वर्षमा साढे पाँच क्विन्टल सुन बरामद, ९० हजार ओलम्पिक गोल्ड मेडल बनाउन पुग्‍ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरीले बर्सेनि कयौं किलो अवैध सुन बरामद गर्छ । विमानस्थल, भन्सार विन्दु तथा विभिन्न नाकामा बरामद हुने सुनको मात्रा निकै बढी छ ।

तर, पछिल्लो पाँच वर्षमा प्रहरीले बरामद गरेको सुनको परिमाण सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ । प्रहरीका अनुसार पाँच वर्षमा ९० हजार ओलम्पिक मेडल बनाउन पुग्ने अवैध सुन बरामद भएको छ । त्यो सुन कति किलो छ ?  प्रहरीले बाह्रखरीलाई दिएको जानकारीअनुसार आर्थिक वर्ष ०७१–७२ देखि ०७५–७६ सम्म ५ सय ३८ किलो सुन बरामद भएको छ । अर्थात् ५ लाख ३८ हजार ग्राम ।

यता एउटा ओलम्पिक स्वर्णपदकमा कम्तीमा ६ ग्राम सुन राख्नै पर्ने व्यवस्था छ । यसरी ५ लाख ३८ हजार ग्रामलाई ६ ले भाग गरी हिसाब गर्दा ८९ हजार ६ सय ६६ वटा स्वर्णपदक बनाउन पुग्छ । अर्कोतर्फ ५ सय ३८ कलोमा प्रतिकिलो ८५.७६ तोलाको हिसाबमा ४६ हजार १ सय ३८ तोला हुन्छ । सो परिमाणको सुनले एउटा निम्न मध्यमवर्गीय परिवारको विवाहमा औसत डेढ तोला सुन प्रयोग हुने मान्दा ३० हजारवटा विवाह हुन पर्याप्त हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अवैध कारोबार तथा ओसारप्रसार हुने गरेको सुन बरामद गर्न प्रहरीले सुराकी तथा कडा चेकिङ गर्छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेल भन्छन्, “नेपाल प्रहरीले आव ०७१–७२ यता पाँच क्विन्टलभन्दा बढी सुन बरामद गरेको छ । सुनको अवैध ओसार–प्रसार कार्यमा संलग्न ३ सय ८८ जनालाई हामीले नियन्त्रणमा लिएर मुद्दा चलाएका छौं ।” पोखरेलका अनुसार प्रहरीले सबैभन्दा बढी आव ०७४–७५ मा १ सय ७९ किलो सुन बरामद गरेको हो ।

प्रहरीको तथ्यांकअनुसार आव ०७१–७२ मा १ सय ११ किलो सुन प्रहरीको फन्दामा परेको थियो । यसैगरी आव ०७२–७३ मा ६८ किलो, ०७३–७४ मा ९१ किलो तथा ०७५–७६ मा ८९ किलो सुन बरामद भएको छ ।

Global Ime bank

यो परिमाणको सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ (२०७६ मंसिरको औसत मूल्य) का दरले हिसाब गर्दा ३ अर्ब २२ करोड रुपैयाँ पर्छ । यो रकमले जलविद्युत् आयोजना निर्माण गर्ने हो भने १८ मेगावाटको जलविद्युत् बनाउन सकिन्छ । एउटा जलविद्युत् निर्माण गर्दा करिब १८ करोड रुपैयाँ खर्च हुने मानिन्छ ।

उक्त परिमाणको सुन बरामद गर्दा प्रहरीले हालसम्म ३ सय ८८ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४३ जना महिला तथा ७८ जना विदेशी हुन् । पक्राउ परेका विदेशी नागरिक पुरुष मात्रै छन् ।

प्रहरीको तथ्यांकअनुसार आव ०७२–७३ मा २२ महिलासहित १ सय ६ जना, ०७३–७४ मा ७ महिलासहित ८३ जना, ०७४–७५ मा ४ महिलासहित ९० जना र ०७५–७६ मा १० महिलासहित १ सय ९ जना पक्राउ परेका छन् ।

भन्सार चोरी नियन्त्रण र ट्राफिक राजस्वमार्फत् थप १ अर्ब ७० करोड

नेपाल प्रहरीले सुनबाहेक अन्य गतिविधिमार्फत् पनि सरकारको ढुकुटीमा योगदान गर्ने गर्छ । प्रहरीका अनुसार संस्थाले गत वर्ष भन्सार चोरी नियन्त्रण र ट्राफिक राजस्वमार्फत् थप १ अर्ब ७० करोड रुपैयाँ राजस्व सरकारी ढुकुटीमा जम्मा गरिदिएको छ । प्रहरीले गत वर्षमा कुल ११ लाख ४५ हजार कारबाही गरेको छ । संस्थाले आफ्नो विभिन्न विंगमार्फत् १ अर्ब ७० करोड ८१ लाख ५० हजार ६ सय ८० रुपैयाँ राजस्वमा योगदान गरेको छ ।

जसमा करिब १ अर्ब जरिवानाबाट उठाएको हो भने बाँकी प्रदेश र महानगरीय प्रहरीले उठाएको हो । त्यसमध्ये सबैभन्दा बढी योगदान महानगरीय प्रहरी प्रभागले गरेको छ । महानगरीय प्रहरीको ३३ करोड ४१ लाख रुपैयाँ योगदान हुँदा प्रदेश १ ले २७ करोड रुपैयाँभन्दा बढी राजस्व योगदान गरेको छ ।

यता, प्रहरी प्रवक्ता पोखरेल भने राजस्वमा योगदान गर्ने गरी आफ्नो काम कारबाही नगरेको बताउँछन् । पोखरेलले बाह्रखरीसँग भने, “हामीले राजस्व बढाउने गरी काम गरेका हैनौं । हामीले हाम्रो काम कारबाही गर्दा राजस्वमा योगदान पुगेको हो ।”

चालु आवमा प्रहरीले राज्यकोषमा ६४ करोड रुपैयाँभन्दा बढी राजस्व योगदान गरिसकेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय