site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशमा आर्थिक मन्दी छैन, व्यावसायिक आत्मबल कमजोर भएको हो : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा अहिले आर्थिक मन्दी नरहेको बताएका छन् । लोकान्तर सञ्चार प्रालिको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित आर्थिक बहसमा गभर्नर अधिकारीले व्यवसायीहरूमा आत्मबल कमजोर भएको बताएका हुन् ।

अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेकाले बताउँदै उनले देशमा बाहिर चर्चामा भएजस्तो मन्दी नरहेको बताए ।

“अर्थतन्त्रका सूचकहरूले हामी अप्ठेरोमा नरहेको देखाउँछन् । हाम्रो चालु खाता बचतमा छ,” उनले भने, “विदेशी मुद्रा सञ्चिति झन्डै १४ महिना धान्ने छ । बाह्य क्षेत्र पनि कम्फर्ट छ ।”

उनले भुइँचालो, कोभिडजस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रमा धेरै समस्या नआएको बताए । अप्ठेरो अवस्थालाई पनि बैंकिङ क्षेत्रले धान्दै आएको भन्दै गभर्नर अधिकारीले अहिले रिकभरीमा समस्या हुँदा पनि वित्तीय संस्थाहरूको स्वस्थतामा कुनै समस्या नरहेको बताए ।  

“अहिले हाम्रो अर्थतन्त्रमा कुनै क्राइसिस छैन,” उनले भने, “कोही उद्योगी र व्यापारीको आत्मविश्वासमा कमी आएको हुन सक्छ । हामीले धेरै अप्ठेरो अवस्था पार गरेर यहाँसम्म आएका हौँ ।”

अहिलेको अवस्थामा माग घटेकोले केही दबाब सिर्जनाको अवस्था रहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro