site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल-भारत सीमा : नेपालतर्फ खुला,  भारततर्फ नियन्त्रण !
SkywellSkywell

काठमाडौं । भारतले नेपालको सीमा अतिक्रमण गरेको विषय बेलाबेला चर्चामा आइरहन्छ । राजनीतिक दलहरुले आफ्नो निहित स्वार्थ पूरा गर्नका लागि सीमाको विषयलाई मोहरा बनाउने गरेको प्रसंग नौलो होइन । महाकाली सन्धि र कालापानी विवादले हिजोका दिनमा एमाले फुटाएर वामदेव गौतमले माले गठन गरे । २०५१ सालबाट जनयुद्ध सुरू गरेको तत्कालीन माओवादीले पनि भारतीय 'विस्तारवाद र सीमा अतिक्रमण'को विषयलाई जोडतोडका साथ उठाएकै थियो । नेपाली कांग्रेसले पनि बेलाबेला यस विषयलाई राजनीतिक रुपमा उठाउँदै आएको छ । अहिले प्रतिबन्धमा रहेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पनि 'सीमा अतिक्रमण' रोक्न आफ्नो पार्टीले मात्रै सक्ने भन्दै बेलाबेला विज्ञप्ति सार्वजनिक गर्ने गरेको छ । 

तर, ३ नोभेम्बरमा भारतले काश्मीरको विषय देखाएर पहिलोपटक (६ नोभेम्बरमा काली नदी हटाएर परिमार्जन) नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेसँगै अहिले राजनीतिक दलभन्दा पनि जनस्तरबाट सीमा अतिक्रणको विषय जोडतोडका साथ उठेको छ । अहिले जनता जागरुक भएर भारतले नेपाली भूमिलाई नै आफ्नो नक्सामा पारेपछि यो विषय अहिले राष्ट्रिय बहसमा आएको छ । भारतीय अतिक्रमण बढ्नुको मुख्य कारक खुला सिमाना रहेको विज्ञहरुको तर्क छ ।

नेपाल-भारतका प्रधानमन्त्री तथा उच्च राजनीतिक तहका नेताहरुको भेटघाट तथा नेपाल-भारत भ्रमणका क्रममा भने खुला सिमानाबाट दुवै देशलाई लाभ भइरहेको तर्क प्रस्तुत गरिन्छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत खुला सिमाना सर्वसाधारण जनताको 'लिभिङ ब्रिज' भएको बताएका थिए । उनले नेपाल-भारतबीच 'रोटी-बेटी' को सम्बन्ध भएकाले खुला सिमानाबाट लाभ लिन सकिनेतर्फ संकेत गरेका थिए । 

KFC Island Ad
NIC Asia

तर, खुला सिमानाबाट नेपालले लाभ लिनु त परको कुरा सुरक्षा खतरालाई पनि रोक्न सकेको छैन । खुला सिमानाका कारण भारतबाट ज्याला मजदुरी गरेर फर्किनेहरु सिमानामै लुटिन्छन् । भारतीय एसएसबीले दिने दुख हैरानीको त कुरो गरी साध्य नै छैन ।

अहिले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि के साँच्चै नेपाल-भारतबीचको खुला सिमाना भनिएजस्तै छ त भन्‍ने बहस सुरू भएको छ । 

Royal Enfield Island Ad

विश्वमा खुला, नियन्त्रित (रेगुलेटेड) र बन्द गरी तीन प्रकारका सीमा हुन्छन् । सामान्यतया: नेपाल-भारतबीचको सीमालाई खुला सीमा भनेर ब्याख्या गरिन्छ । नेपाल र चीनबीचको सीमा नियन्त्रित र उत्तरकोरिया-दक्षिण कोरियाको बन्द सीमाका रुपमा बुझिन्छ ।  नियन्त्रित सीमा व्यवस्थामा अर्को मुलुक जाँदा पासपोर्ट वा परिचयपत्र देखाउनुपर्ने हुन्छ । चीनको ३० किमिसम्म जाँदा पहिले नेपालीलाई भिसा, पासपोर्ट चाहिँदैनथ्यो । १ जनवरी २००७ देखि आईडी कार्ड सिष्टम लगाएको छ ।

नेपाल-भारतबीचको सीमा खुला सीमा यसकारण भनिन्छ कि त्यहाँ अर्को मुलुक जाँदा कुनै पासपोर्ट, भिसा चाहिँदैन । यसको फाइदा उठाउँदै भारतीले पक्षमले निरन्तर सीमा अतिक्रमण गरेको छ भने  खुला सीमाकै कारण क्रस बोर्डर टेरजिम (सीमापार आतंकवाद) र क्रम बोर्डर क्राइम (सीमापार अपराध) अत्यधिक बढेको प्रहरी प्रतिवेदनहरुले देखाएका छन् । 

नेपाल-भारत 'अर्ध खुला सीमा'

४ मार्च १८१६ मा भएको सुगौली सन्धि अघि नेपाल-भारत सीमा बन्द सीमा थियो । सुगौली सन्धिपछि नियन्त्रित सीमा भयो । विस्तारै श्री ३ हरुको अनुमतिमा भारतीय कार्यालयहरु नेपालमा खुल्न थाले । नेपालीहरु ब्रिटिस सेनामा भर्ती हुन थाले । उनीहरुको आवतजावतमा सहजताका लागि विस्तारै उक्त सीमाहरु खुला गरिए । सीमा खुला भएसँगै इष्ट इन्डिया कम्पनीले नेपालबाट जडिबुटी, रेलवेका लागि काठ तस्करीलगायतका गैरकानुनी गतिविधिहरु बढ्न थालेका हुन् । 

जब बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भयो । भारतले पनि त्यही प्रणालीलाई अपनायो । सीमा खुला गर्ने विषयमा नेपाल-भारतबीच कुनै सन्धि, सम्झौता भएकै पाइँदैन । वि.स २०११ वैशाख ६ गतेको राजपत्रमा 'भारतबाट प्रवासी नेपाली पनि नेपाल आउँदा परमिट लिएर आउनुपर्छ' भन्‍ने उल्लेख गरिएको छ । 

अहिले भने नेपाल-भारत सीमा भनिएजस्तै खुला छैन । भारततर्फबाट सीमा नियन्त्रण छ भने नेपालतर्फबाट खुला छ । सोमबार आयोजित अन्तर्राष्ट्रिय सीमा र यसको व्यवस्थापन विषयमा भएको अन्तरक्रियामा पनि नेपाल-भारत सीमा अब खुला नरहेका तर्कहरु प्रस्तुत गरे ।

नेकपा सांसद दीपकप्रकाश भट्टले खुला सिमाना भनेर ब्याख्या गरिए पनि वास्तविक खुला सिमाना नरहेको बताएका छन् । उनले भने, "हामीले खुला सिमाना भनेर ब्याख्या गर्यौँ तर वास्तवमा खुला सिमाना छैन । भारतले आफ्नोतर्फ नियन्त्रण गरिराखेको छ भने नेपालतर्फ मात्रै खुला छ । भारतले भारतबाट आउने नेपालीहरुलाई सिमानामा विभिन्‍न बाहनामा केरकार गर्ने दु:ख दिने गरिरहेको छ ।" 

भारले आफ्नो तर्फ पूरै नियन्त्रण गरेको अवस्थामा हामी त्यसलाई कसरी खुला सिमाना भन्‍न सक्छौं ? भन्‍दै उनले प्रश्‍न गरे । उनले थपे, "म आफैं बनबासा हुँदै भारत जाने क्रममा कतिपटक पीडित बनेको छु । भारतबाट बनबासा हुँदै आउने नेपालीहरुलाई पनि उस्तै दु:ख दिएको छ भने भारत जाने नेपालीहरु पनि भारतीय सीमा प्रहरीबाट उस्तै हैरान छन् । अनि हाम्रोतर्फ भने जो सुकै, जुनसुकै बेला आए पनि मतलब छैन ।" 

२० भदौ २०७५ मा राजधानी भएको 'नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती' विषयक कार्यक्रममा सीमाविद बुद्धिनारायण श्रेष्ठले पनि नेपाल-भारत सीमानामा काँडेतार लगाउनु पर्ने सुझाव प्रस्तुत गरेका थिए । उनले  १०/१५ वर्षभित्र नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने सुझाव दिएका थिए ।

ईपीजीको पाँचौं बैठकमा भारतका तर्फबाट सदस्य रहेका डा. भीसी उप्रेतीले ठाडै प्रपोज गर्नुभयो- दुई देशबीचको सीमा नियमन हुनुपर्ने ७० वटा आवागमनका नाका बनाउनुपर्ने र परिचयपत्र बनाएर आवत-जावतको व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेका थिए । 

भारतले नेपाल-भारतको १ हजार ७ सय ५८ किमि सीमामा ४५ हजार सीमा सुरक्षा बल (एसएसबी) खटाएको छ । सन् २०१८ देखि एक हजारको संख्यामा भारत-नेपाल र भारत-भुटानको सीमाका लागि एक हजारको संख्या गुप्तचर खटाएको छ । यो हिसाबले एक किमि क्षेत्रमा २४ जना एसएसबी खटिन्छन् । हाम्रो नेपालमा ६ हजार जना सशस्त्र प्रहरी तैनाथ गरिएको छ । यस हिसाबले एक किमिको दूरीमा ३ जनामात्रै पुग्छ । भारतमा बोर्डर अब्जरभेसन पोस्ट २०० वटा छ भने नेपालमा ९० वटामात्रै छ ।

भारले सुसम्पन्‍न संरचनासहित पश्चिमको लिपुलेक, कालापानी क्षेत्रमा पनि एसएसबी २४/७ बसेका हुन्छन् भने नेपालतर्फ हिउँद सुरू हुनेबित्तिकै संरचना अभावले उक्त ठाउँमा बस्‍न सक्ने अवस्था छैन । नेपाली सुरक्षाकर्मी छाप्रोमा बस्नुपर्ने बाध्यता छ ।

खुला सिमानाको नामले अतिक्रमण बढ्यो 

खुला सिमानाकै कारण सिमा अतिक्रमण बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ । अमेरिकी विदेश मन्त्रालयको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बरभूमि भएको उल्लेख गरिएको छ ।  खुला सीमाकै कारण नेपालमा यस्ता आतंवादी गितविधि सजिलै हुनसक्ने आंकलनका आधारमा अमेरिकाले उक्त प्रतिवेदन तयार गरेको विज्ञहरुको तर्क छ । 

नेपाली सेनाका पूर्वउपरथी डा. पूर्ण सिलवालले भारततर्फ पर्याप्त सीमा सुरक्षा र छुट्टै सीमा सुरक्षा संयन्त्र भए पनि नेपालतर्फ त्यस्तो नभएको बताए । "भारतले आफ्नो तर्फ पूरै नियमन र नियन्त्रण गरेको छ । तर, नेपालतर्फ खुला छ । जसका कारण विभिन्‍न आपराधिक र आतंकवादी गतिविधहरु हुनसक्ने सम्भावना बढेको छ ।" 

सीमा खुला हुँदा अवाञ्छित तत्त्वहरूले चलखेल, घूसपैठ, हतियार र विध्वंसक पदार्थको ओसारपसार, नसालु पदार्थ बेचबिखन र आतंककारीको अनियन्त्रित आगमन भइरहेकाले खुला सिमानालाई नियमन गरी नेपाल भारतबीचको सिमानालाई केही नाका वारपार गर्न राखेर अन्यत्र तारबार गर्न सकिने सुझाव डा. सिलवालको छ । 

खुला सिमानाकै कारण  ०७३ फागुन २६ गते भारतीय सुरक्षाकर्मी नेपालभित्र पसेर कञ्चनपुरका एक युवालाई गोली प्रहार गरी हत्या गर्‍यो । उक्त घटनामा छ जना नेपालीहरू घाइते भएका छन् । सीमाको रक्षार्थ कयौं नेपाली सहिद भइसकेका छन् भने कयौंले दैनिक प्रताडना सहनुपरेको छ ।  भारतीले एसएसबीले रातारात नेपालीको घरमा पसेर ज्यादती गरेका समाचार अब नौला रहेनन् । 

भारतले सीमा अतिक्रमणका लागि खुला सिमाना राम्रो भएको भनेकै आधारमा नेपाली नेताहरुले पनि 'हस्' थपिदिन्छन् । भारतीय नेतृत्वको हेपाहा प्रवृत्ति, हस्तक्षेप, पेलान र ऐंठनविरुद्ध नेपाल सरकारले कुनै प्रतिक्रिया दिन सकेको छैन । 

प्रबुद्ध व्यक्ति समूहका सदस्यसमेत रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले भारत र नेपालको विपरीत स्वार्थका कारण सीमा समस्या समाधान हुन नसकेको बताए । उनले भने, "भारतले कहिले खुला सिमानाको नाममा त कहिले अनेक बहानामा नेपालसँग यस्ता समस्या खडा गरिरहन चाहन्छ ।  नेपालले यस्ता समस्या समाधान गर्न चाहन्छ तर, सक्दैन । जसका कारण यी सीमाका समस्याहरु अहिलेसम्म अनिर्णित बनेका छन् ।" 

यी समस्याहरुलाई प्रभावकारी कूटनीतिमार्फत् समाधान गर्नुपर्ने उपाध्यायको सुझाव छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro