site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 भू–समाधिको वाहवाही, बलात्कार प्रकरणदेखि आईसीयूसम्म
Sarbottam CementSarbottam Cement

विराटनगर । आफूलाई भगवान् कृष्णको दास दाबी गर्ने कृष्णदास महाराज अर्थात् सिद्धबाबा आफ्नै महिला अनुयायीको उजुरीपछि बलात्कार आरोपमा पक्राउ परेका छन् । उनी उपचाररत विराटनगरको विराट नर्सिङ होमबाटै सोमबार बिहान ४ बजे पक्राउ परेका हुन् । 

करिब अढाई वर्षअघि पोखरा र त्यसपछि सुनसरीको चतराधाममा काठको बाकसभित्र जमिमुनि भू–समाधिमा बस्दा उनको चर्चा निक्कै चुलिएको थियो । पोखरा रामघाटस्थित नरनारायण बाबाको आश्रममा ९ दिन र चतराधाममा ७ दिनसम्म जमिनमुनि बाकसमा  हलचल नगरी सुतेर भू–समाधिबाट निस्कँदा झैं अहिले उनका प्रशंसकहरू तिनै सिद्धबाबा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ भएको खबरले चकित छन् । 

उनी ‘स्वास्थ्यमा खराबी आएको’ भन्दै विराटनगरको विराट नर्सिङ होमको आईसीयूमा उपचाररत अवस्थामै पक्राउ परे । उनी आफूमाथि घोर षड्यन्त्र भएको दाबी गरिरहेका छन् । “घृणित आरोपले मर्माहत भएको छु,” उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

के हो घटना ? 

सिद्धबाबा अर्थात् कृष्णबहादुर गिरीविरुद्ध गत कात्तिक ४ गते प्रहरीमा उजुरी पर्‍यो । आरोप थियो बलात्कारको । अनि ‘बलात्कारको सिकार भएको’ दाबी गर्ने महिला थिइन् सिद्धबाबाकै एकजना अनुयायी । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौंमा उजुरी दर्ता भएपछि प्रहरीले सुनसरी जिल्ला अदालतबाट पक्राउको अनुमति लियो । सिद्धबाबा भने विराट नर्सिङ होममा भर्ना हुन पुगे । प्रहरीले उनीमाथिको निगरानी गरिहेको छ । आइतबार पक्राउ गर्ने चाँजोपाँजोसहित सुनसरी प्रहरीका डीएसपी विनोद शर्मासहितको टोली अस्पतालमै खटिएको थियो । तर, प्रहरीले पक्राउ नपर्दै सिद्धबाबा ‘झन् सिकिस्त’ बन्न पुगे । बरु चिकित्सकले ‘स्वास्थ्य अवस्था अझ धेरै बिग्रिएकाले ज्यान नै खतरामा पर्न सक्ने’ जनाउ दिँदै आईसीयूमा सारिदिए । तर, सोमबार बिहान ४ बजे अस्पतालबाट पक्राउ गरी उनलाई सुनसरी लगियो । 

Global Ime bank

सुनसरी जिल्ला अदालतले चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । 

वरिष्ठ मुटरोग विषेशज्ञ डा. ज्ञानेन्द्र गिरीका अनुसार ‘माइनर हर्ट अट्याक भएकाले आईसीयूमा राखेर उपचार आरम्भ गर्नुपरेको हो ।’ यस्तोमा स्वास्थ्यमा जोखिम बढ्न सक्छ । उपचारमा विशेष ध्यान दिनुपर्छ । मुटुको चाल बढ्नेसँगै प्रोस्टेट र मिर्गौलाको पत्थरीसम्बन्धी समस्याबाट बाबा पीडित छन् । पुरानो ग्यास्ट्रिकको समस्या पनि छँदैछ ।

मध्यान्नसम्म अनुयायी, शुभचिन्तक र समर्थकसँग कुराकानी गर्दै गरेका सिद्धबाबालाई ‘हर्ट अट्याक’ नै आएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वको प्रहरी टोली अस्पतालबाट अपराह्न ३ बजेतिर रित्तै सुनसरी फर्किएको थियो । पक्राउको अनुमति लिएको चार दिनपछि सिद्धबाबा पक्राउ परे । पीडित भनिएकी महिलाको जाहेरीअनुसार प्रमाण बुझ्ने काम भइरहेको सुनसरी प्रहरीले जनाएको छ । अब अदालत हाजिर गराउने र बयान लिने काम सुरु हुने प्रहरीको भनाइ छ ।

को हुन् महिला ? के भएको हो ?

विवाहित तथा बालबच्चासमेत भएकी भनिएकी महिला साधिकाको विषयमा स्वयम् सिद्धबाबाले आफ्नो आश्रममा धेरै भक्तजन आउने गरेको तर उनलाई प्रस्टसँग चिन्न नसकेको दाबी गरेका छन् । अस्पतालमै रहेका उनले भने, “मलाई सामाजिक सञ्जालमा पटक पटक म्यासेज गरिन् । म साधुसन्त हो भन्ने जवाफ पनि दिएँ । गलत बाटोमा नहिँड पनि भनें । तर उल्टै म्यासेजमा ‘४४ दिनभित्र भक्त र भगवान्बीच वारपार हुने’ भन्ने म्यासेज पठाइन् ।”

सिद्धबाबाले आफ्नोमा दैनिक सयौं भक्तजन आउने र महिलालाई ‘विशेष रुपमा नचिन्ने’ दाबी गरिरहँदा रवि लामिछानेको सीधाकुरा जनतासँगको कार्यक्रममार्फत् भने महिला र सिद्धबाबाबीच टेलिफोनमा भएको भनिएको अडियो सार्वजनिक हुन पुग्यो । अडियोमा ‘आफूबाट गल्ती भएको र यो कुरालाई यहीं रोक, अनर्थ हुन्छ’ भन्दै रुँदै आग्रह गरेको ‘पुरुष स्वर’ सुनिन्छ । महिलाले फेरि म जस्तै अरु महिलालाई तपाइँले केही गर्नुहुन्न भन्ने के ग्यारेन्टी छ ? जस्ता प्रश्न दोहोर्‍याउँदा ‘पुरुषले बरु आफ्नो लिङ्ग काटेर फ्याँकिदिन्छु’ भन्छन् । टिभीमा सुनिएको पुरुषको स्वर भने ‘आफ्नो नभएको’ सिद्धबाबा र उनका चेलाहरुले समेत दाबी गरेका छन् । सिद्धबाबालाई ‘भेट्ने र चुम्बन गर्ने तथा अंकमाल गर्ने’ जस्ता इच्छा व्यक्त गरिएको विवरण म्यासेजमा छन् । ती महिलाले ‘एकान्तमा भेट्ने’ इच्छासमेत व्यक्त गरेकी थिइन् । तर म्यासेजहरुको जवाफ फर्काइएको छैन ।

को हुन् सिद्धबाबा ?

सोलुखुम्बुको जुबुमा २०३१ साल फागुन १९ मा जन्मेका कृष्णबहादुर गिरी नै पछि कृष्णदास र सिद्धबाबाको नामबाट प्रख्यात भएका हुन् । उनी आफूलाई वैष्णव कृष्णदास महाराज भन्छन् ।  छविलाल गिरीका दुई पत्नीमध्ये कान्छी श्रीमतीबाट कृष्ण जन्मेका हुन् । उनैका सहोदर भाइ ऐनकुमार गिरी छन् भने जेठीपट्टिका कृपाध्वोज गिरी छन् । दुई दिदीबहिनीहरु पनि छन् । 

उनको बाल्यकालदेखि किशोर अवस्था सोलुकै जुबुमै बितेको हो ।  कक्षा ७ मा फेल भएपछि वैरागी भई ०४९ सालतिर घर छाडेर हिँडे । ६ वर्षपछि फर्किए । तर, साधुको भेषमा । उनले भारतका विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेको पनि दाबी गर्दै आएका छन् । 

वराहक्षेत्रस्थित बालसन्त देवाचार्यको सम्पर्कमा आएका उनी त्यहीं आश्रममा बस्न थालेका थिए । मंसिर ५ गते बालसन्तले विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आफूले नै कृष्णदासलाई स्थापित गराएको तर अहिले भने उनले बाटो बिराएको प्रतिक्रिया दिएका थिए । “योग र आयुर्वेदको राम्रो ज्ञान भएकाले मैले उनलाई ल्याएको थिएँ,” बालसन्तले भने, “तर, अहिले ९५ प्रतिशत झुट बोल्छन् । दोहोरो नागरिकता लिएका छन् । गलत मानिससँगको उठबसले गलत काम पनि गरिरहेका छन् । मलाई अहिले उनको कामकर्तव्यका कारण लज्जाबोध पनि हुनेगर्छ ।”

बालसन्तले नै साधु बनाएर सिद्धबाबालाई धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गराईसार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी हुन प्रेरित गरेका थिए । तर चतुर स्वभावका उनले भने पहुँचवालाहरूसँग सम्बन्ध बनाई चतराधाममा उल्टै बालसन्तलाई नै धावा दिने गरी अर्कै आश्रम निर्माण गराए । उनले भारतमा उच्चशिक्षा अध्ययन गरेको दाबी गर्दैैआएका छन् । आफूलाई जगद्गुरु नै भन्न थालेका छन् । 

हाल सुनसरी–मोरङ सिँचाइ आयोगको वराहक्षेत्र चतरास्थित चतरा नहरको पश्चिम किनारको १३ बिघा जग्गा कब्जा गरेर ८ करोड लागतमा १ सय २८ कोठे भवन निर्माण गरेका छन् । कुष्णदासले जगद्गुरु श्रीरमानन्दाचार्य सेवापीठ चतराधामको नाममा बनेको भवन राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गरिएको हो ।
चतरामा गाईपालन गर्ने, जडिबुटी र आयुर्वेदको विश्वविद्यालय सञ्चालन गर्नेसम्मको योजना सार्वजनिक गरेका छन् । 

हरित अभियानमा प्रदेश १ सरकारले उनलाई ५० लाख बजेटसमेत विनियोजन गरिदिएको छ । एकाएक अनुयायी बढ्न थालेपछि उनले भारतीय हिन्दु धर्मावलम्बी गुरुहरूसँग नियमित सम्पर्क तथा सहयोगमा चतराधाममा तारक ब्रह्म यज्ञसमेत गरे । यसमा सहभागी हुन राष्ट्रपतिदेखि देशका ठूला नेताहरु चतराधाम आए । 

सुनसरी मोरङ सिँचाइ योजनाले भने आफ्नो स्वामित्वमा रहेको जमिन सहमतिबिना भौतिक निर्माण भए पनि रोक्न सकेको छैन । आयुर्वेद विश्वविद्यालय, गौपालन, हरित क्रान्ति, प्राकृतिक चिकित्सा, जडिबुटी उत्पादन, उपचार आवास र  प्रशिक्षण, आश्रम धर्मशाला आदिका लागि निर्माण गरिएको दाबी गर्ने सिद्धबाबाले अझै कोठाहरु आवश्यक रहेको बताएका छन् । भवन विराटनगरको नमुना कन्स्ट्रक्सनले निर्माण गरेको हो । 

चतराधाम र तारतम महायज्ञ 

सुनसरी बराह क्षेत्रको प्राचीन हरिद्वार चतराधाम मानिन्छ । त्यहाँ अघिल्ले वर्ष श्रीराम तारक ब्रह्म महायज्ञ लगाइयो । महायज्ञमा भारतको अयोध्या, उत्तर काशीलगायत स्थानबाट ७ जना जगद्गुरु, पीठाधीश र महामण्डलेश्वर चतरा धाम आएका थिए । १४ करोड लागत लाग्यो । महायज्ञका लागि आयोजक महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान र जगद्गुरु श्रीमानन्दाचार्य सेवापीठ नेपालले चतरा धामस्थित श्रीरामान्द सेवापीठ हनुमान मन्दिरपरिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको थियो । १०८ प्रकारका हवनकुण्डहरू निर्माण गरिएका थिए । यसमा १२ सयजना साधकले १६ करोड हवनसहित १ अर्ब ६० करोडपटक ‘तारक ब्रह्म मन्त्र’ जप गरेका थिए । हिन्दू अध्यात्मअनुसार तारक ब्रह्म मन्त्रले गरिने होम नै तारक ब्रह्म यज्ञ मानिन्छ । यो यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि भएको सिद्धबाबाको दाबी छ । 

५० को दशकमा चतरास्थित अहिलेको कुम्भक्षेत्र चतराधाममा आर्यघाट थियो । यस क्षेत्रलाई दुर्वासा घाट भनिन्थ्यो । बस्ती थिएन । खयर र काँघारी थियो । २०५३ सालतिर बालसन्त आएर चतराको विषयमा अनुसन्धान गरी प्रथम कुम्भ मेला लगाए । समुन्द्र मन्थन र त्यसबाट उत्पन्न अमृतको प्रसङ्ग चतराधामसँग जोडिएको दाबी गरियो । भारतको ४ स्थानमा मात्र लाग्ने कुम्भमेला बालसन्तले चतरामा पनि सुरु गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !