site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
साझाको आरोप– अहिलेको राजनीतिक अभ्यास भ्रष्टाचारमा निर्भर छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । साझा पार्टीले अहिलेको राजनीतिक अभ्यास भ्रष्टाचार, सत्ता–शक्ति र राज्इ दोहनमा निर्भर रहेको बताएको छ । उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि साझाले पुराना राजनीतिक दलका गतिविधिलाई दोष लगाएको हो ।

“पुराना दलको परम्परागत राजनीतिक अभ्यास पछिल्लो चरणमा मूलतः सत्ता–शक्ति, राज्य दोहन र भ्रष्टाचारमा निर्भर छ । विधिको शासन भत्काइएको छ । जनताले राज्यबाट पाउने आधारभूत सेवाका लागि दलका कार्यकर्ताको निगाह आवश्यक बनेको छ । गाउँ–टोलमा ठूला दलसँगको आवद्धता बिना सामाजिक जीवन बहिष्कृत हुने जोखिम छ,” साझा पार्टीले विज्ञप्ति जारी गर्दै भनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साझा पार्टीले उपनिर्वाचनको नतिजालाई आफ्ना कमी–कमजोरीको समीक्षा गर्नुपर्ने सन्देश दिएको भन्दै भनेको छ, “ हामीले यो उपनिर्वाचन परिणाम मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएका छौं । हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोधहरू पार गर्नुपर्ने हुन्छ । नेपाल रूपान्तरणको राजनीतिक यात्रामा हामी रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।”

राजनीतिक पार्टीको जनतासँगको प्रत्यक्ष सम्बन्धका लागि तल्लो तहसम्मको पार्टी सङ्गठनको महत्त्वपूर्ण भूमिका हुने तर साझा पार्टीको सङ्गठन सञ्जाल बन्ने क्रममा नै रहेको साझा पार्टीले बताएको छ ।

Global Ime bank

“यसको अभावमा साझा पार्टी के हो, के होइन, यसले के गर्छ, के गर्दैन भन्ने जस्ता पार्टीबारेका आधारभूत जानकारी जनता माझ राम्रोसँग सम्प्रेषण हुन सकेको छैन,” प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

साझा पार्टीले उपनिर्वाचनमा विजयी सबै उम्मेदवारलाई धन्यवाद दिँद जनप्रतिनिधिको रूपमा जनताका आकाङ्क्षा सम्बोधन गर्नमा सफलता मिलोस् भनेर शुभकामना दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १६, २०७६  ११:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC