site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा एचआइभीका नयाँ संङ्क्रमित थपिए
Sarbottam CementSarbottam Cement

भरतपुर । सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । तेह्र हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । 

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउण्डेशनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

फाउण्डेशनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरु भएयता एक हजार ७८६ जना सङ्क्रमित पुगेका छन् । उनीहरुमध्ये एक हजार पाँच पुरुष र ७८१ जना महिला रहेका छन् ।

यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिनुभयो । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । 

Global Ime bank

पुरुषहरुले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी सङ्ख्यामा मृत्यु हुने गरेको पाइएको छ । यस कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना सङ्क्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement