site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सरकारको झुटा आश्वासन सुन्दासुन्दा जनता आजित भइसकेका छन्
Sarbottam CementSarbottam Cement

नेपाली कांग्रेसका सह–महामन्त्री हुन्, डा. प्रकाशशरण महत  । मंसिर १४ गते हुने उपनिर्वाचनमा कांग्रेसका पक्षमा जनताले मत व्यक्त गर्ने उनको विश्वास छ । निर्वाचनमा झुटा आश्वासन र ठूला सपना बाँडे पनि सरकारमा पुगेपछि नेपाल कम्युनिष्ट पार्टीले केही गर्न नसकेको बताउँछन् उनी । भ्रष्टाचार, महँगी र कर बढ्दा जनता सरकारसँग चरम असन्तुष्ट रहेको बताउने महत उपनिर्वाचनमा जनताले कांग्रेसका पक्षमा मत दिएर सरकारलाई सन्देश दिनेमा ढुक्क देखिन्छन् ।

सत्तारुढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको र राज्यसंयन्त्रको दुरुपयोग गरेको उनको आरोप छ । कांग्रेस सह–महामन्त्री डा. महतसँग उपनिर्वाचनका सन्दर्भमा केन्द्रित रहेर बाह्रखरीका जगन्नाथ दुलालले गरेको संक्षिप्त कुराकानीः 

मंसिर १४ गते हुने उपनिर्वाचनलाई नेपाली कांग्रेसले कसरी लिएको छ ?

Prabhu Bank
Agni Group
NIC Asia

मंसिर १४ गते ३ वटा प्रदेश सभा, एउटा प्रतिनिधिसभा र एउटा उपमहानगरपालिकामा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई विशेष रुपमा हेरिएको छ । नेपाली कांग्रेसले पनि उपनिर्वाचनलाई विशेष महत्वका साथ लिएको छ । हामी एकतावद्ध भएर लागेका छौं । हरेक ठाउँमा हाम्रा कार्यकर्ता, शुभचिन्तक कांग्रेसका उमेदवारका पक्षमा निर्वाचन परिणाम ल्याउन क्रियाशिल छन् ।

अहिले उपनिर्वाचन वडा तहदेखि संघीय संसदसम्मको ५० भन्दा बढी ठाउँमा हुँदैछ । जनतामा वर्तमान सरकारको क्रियाकलापबाट चरम  असन्तुष्टि छ ।  मलाई विश्वास छ, जनताले उपनिर्वाचनमार्फत् कांग्रेसलाई जिताएर सरकारलाई त्यसको सन्देश दिनेछन् ।

Global Ime bank

जनताले कांग्रेसलाई नै मत किन दिने ? 

स्थानीय तहदेखि केन्द्रसम्म सत्तारुढ दलसँग जोडिएका व्यक्तिहरुका गतिविधिले लोकतान्त्रिक मूल्य मान्यतालाई बढावा दिने परिवेश देखिएन । जनताले पाउने सेवा सुविधामा पनि पार्टीगत आस्थाका आधारमा भेदभाव देखियो । देशलाई एउटा दृष्टिकोणका साथ अघि बढाउने कुरामा पनि सरकार असफल देखियो । सतही, उडन्ते र हुन नसक्ने कुरामा सपना बाँड्ने काममात्र भयो । गहिराइमा पुग्ने काम भएन । जसले गर्दा जनता सरकारको झुटा आश्वासन सुन्दा सुन्दा आजित भइसकेका छन् । जनताले उपनिर्वाचनमार्फत् आफूलाई झुक्याउने, सपना मात्र बाँड्ने सरकारको गलत रबैयाका विरुद्धमा मत दिनेछन् । 

यद्यपि, यो उपनिर्वाचनले सरकार बन्ने या सरकार रहने, नरहनेमा असर गर्ने होइन । तथापि, आश्वासन र ठूलो सपना बाँडेर कम्युनिष्ट पार्टीको नेतृत्व सरकारमा आएको थियो । यो दुई वर्षमा उहाँहरु पूरै असफल हुनुभएको छ । जनताको मर्म र भावनाको प्रतिनिधित्व गर्न सक्नुभएको छैन । भ्रष्टाचार संस्थागत भएको छ । व्यापक मूल्यवृद्धि भएको छ । करवृद्धि भएको छ । गैरकानुनी क्रियाकलापहरु बढेको छ । राष्ट्रियताको नारा नारामै सीमित भएको छ । व्यवहारमा कतै पनि देशको स्वार्थ र आवश्यक्तालाई केन्द्रविन्दुमा राखेर काम हुन नसकेको स्पष्ट, छर्लंग एउटा तस्विर देखिएको छ । जनताले यसलाई महसुस पनि गरिराखेका छन् ।  यो परिप्रेक्ष्यमा उपनिर्वाचन हुँदैछ । हाम्रो अपेक्षा छ, जनताले कांग्रेसका उमेदवारलाई जिताउनेछन् । सरकारलाई एउटा सन्देश दिनेछन् । सकारात्मक परिणामको अपेक्षा गरेका छौं । 

सत्तारुढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गर्यो भन्दै कांग्रेसले छानविनका लागि अनुमगन समिति नै बनाएको छ । तपाईंहरुको आशंका निर्वाचनमा सत्ताको दुरुपयोग भन्ने हो ? 

सरकारका तर्फबाट आचारसंहिताको व्यापक उल्लंघन भएको छ । बाग्लुङमा हेलिकप्टर पठाएरै बागी उमेदवारलाई उमेदवारी फिर्ता गराउनका लागि ल्याउने काम भयो । निर्वाचन आयोगले उपनिर्वाचन घोषणा गरिसकेपछि कर्मचारी र सुरक्षा निकायमा हेरफेर गर्न पाइँदैन । उहाँहरुले जहाँ जहाँ निर्वाचन हुँदैछ, त्यहाँ व्यापक रुपमा हेरफेर गर्नुभएको छ । राज्यको साधन, स्रोत, प्रभाव सबै उपनिर्वाचनमा खन्याउने काम गर्नुभएको छ । सरकारी संयन्त्रको दुरुपयोग गर्न नपाउने आचारसंहिता छ । यो कहीँकतै पनि पालना भइरहेको छैन ।  त्यसैले हाम्रो पार्टीले अनुगमन गर्नका लागि समिति पनि बनाएको छ । हामीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने र चुनाव प्रभावित गर्ने मनसायले राज्य संयन्त्रको दुरुपयोग गर्ने कुरालाई गम्भीर रुपमा लिएका छौं । 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्वाचनमा पराजय व्यहोर्नुपर्ला भन्ने डरले राज्य संयन्त्रको दुरुपयोग गर्दै भन्ने तपाईंहरुको विश्लेषण हो ? 

अहिले सरकारलाई जनताले विश्वास गर्न छाडेका छन् ।  जनताको विश्वास गुमाएको अवस्थामा सत्तारुढ दल नेकपा छ ।  त्यसैले कुनै पनि माध्यम प्रयोग गरेर निर्वाचन जित्नुपर्छ भन्ने मानसिकतामा सत्तारुढ दल नेकपा छ । विगतमा कम्युनिष्टलाई मत दिएका मतदाताहरु र केही राम्रो पो गर्छ कि भनेर कम्युनिष्ट पार्टीसँग जोडिएका कार्यकर्ताहरु पनि अहिले खुशी छैनन् । उनीहरु पनि कम्युनिष्ट पार्टी गलत रहेछ भन्नेमा छन् । आचारसंहिताको खिल्ली उडाएर जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने मानसिकतामा सरकार छ । यो हामी कदापी स्विकार गर्दैनौं । 

निर्वाचनमा कांग्रेसभित्र अन्तर्घातका घटनाको चर्चा हुने गर्छ ।  यसपटक अवस्था के छ ? 

उपनिर्वाचनका लागि कांग्रेसका कार्यकर्ता, शुभचिन्तक, समर्थक एक भएर पार्टीले उठाएका उमेदवारका पक्षमा उभिएका छन् । पार्टीमा अहिले अत्यन्त सकारात्मक सोच विकास भएको छ । यो राम्रो कुरा हो । निर्वाचनमा मतदान सकिँदासम्म पनि आन्तरिक एकता मजबुत रहनेछ भन्ने मलाई पूर्ण विश्वास छ । स्थानीय तहमा कसको आधार के छ भनेर हेरेरै पार्टीले टिकट दिएको छ । यसपटक कुनै व्यक्तिगत आधारमा नभएर कांग्रेसले लिएको विचार र पार्टीलाई जिताउने काममा पार्टी एकतावद्ध भएको छ ।  

अहिले व्यक्तिगत कुरा छैन । जुन विचारका लागि कांग्रेस समर्पित छ । व्यक्तिगत स्वतन्त्रता, कानुनी शासन, त्यसका आधारमा देशमा लगानी वृद्धि हुने, समृद्धि सिर्जना हुने, समृद्धिको समुचित रुपमा आम जनतालाई केन्द्रित गरेर त्यसको उपयोग हुने । कुनै पनि वर्ग समूह समृद्धिको पहुँचबाट बञ्चित नहोस् भन्ने नै हाम्रो विचार हो ।  त्यसकारण त्यो विचारलाई हामीले बलियो बनाउन जरुरी छ । व्यक्तिगत रुपमा को भयो भएन भन्ने महत्वपूर्ण कुरा होइन । त्यसो भएकाले सम्पूर्ण पार्टी पंक्ति यसपटक कांग्रेस जिताउने अभियानमा लाग्ने अवस्था छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC