site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपा सचिवालय बैठक बस्दै, नियमित कार्यसूची

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए । “पार्टी एकताको थाति रहेका विषयमा नै छलफल हुने छ । समसामयिक राजनीतिक परिस्थितिमा पनि छलफल होला । अतिरिक्त कार्यसूची छैन,” उनले बताए ।

उनले मन्त्रिपरिषद् पुनःगठनको चर्चा चलेको भए पनि आज भने त्यस विषयमा छलफल नहुने उनको भनाइ थियो । “मन्त्रिपरिषद पुनःगठनको हल्ला मैले पनि सुनेको छु । आज  ती विषयमा छलफल होलान् जस्तो लाग्दैन,” उनले भने । त्यस्तै प्रधानमन्त्रीको सचिवालयले पनि आज भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको र एकीकरणकै बाँकी काम छलफल हुने जानकारी दिएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मन्त्रिपरिषद् पुनःगठन प्रधानमन्त्रीकै कार्यक्षेत्र भएकाले उक्त अजेण्डा सचिवालयको नबन्ने दाबी छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनःगठनका विषयमा छलफल भएको स्रोतको भनाइ छ । मन्त्रीहरूलाई प्रधानमन्त्रीको सचिवालयजस्तै सामूहिक राजीनामा गराएर पुनःगठनका लागि मार्ग प्रशस्त गर्ने वा केहीलाई थपघट गर्ने विकल्पमा छलफल भए पनि निष्कर्षमा पुगिनसकेको र तत्काल फेरबदलको सम्भावना नरहेको स्रोतले जानकारी दियो ।

“केही मन्त्रीहरूको कार्य सम्पादनप्रति प्रधानमन्त्री सन्तुष्ट हुनुहुन्न । दुई वर्ष हुन लागेकाले पुनःगठनको बेला पनि भयो । प्रधानमन्त्री परामर्शमा हुनुहुन्छ । छिट्टै पुनःगठन हुन्छ,” उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले पनि सचिवालयको बैठक बस्ने कुरा आफूले सुनेको तर मन्त्रिपरिषद् तत्कालै पुनर्गठनको सम्भावना बारेमा आफूलाई जानकारी नभएको बताए । ‘‘केही दिनमै मन्त्रिमण्डल पुनर्गठन भइहाल्ला भन्ने मलाई लाग्दैन । तर, प्रधानमन्त्रीको अधिकारको कुरा हो,’’ नेम्वाङ्गले भने । 

संसद् अधिवेशन बोलाउने बेला भएकाले सभामुख छान्नुपर्नेछ । दुई अध्यक्षबीच उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने विषयमा पनि छलफल भएको स्रोतले जानकारी दियो । सभामुख, उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक बाध्यताका कारण तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख आफैंसँग राख्ने तयारीमा छ सत्तारूढ नेकपा ।

सरकारमै रहेका समाजवादी पार्टीले बखेडा झिकिरहेकाले उपसभामुख राष्ट्रिय जनमोर्चालाई दिने तयारीमा नेकपा रहेको पनि स्रोतको भनाइ छ । त्यसो हुँदा उपसभामुख जनमोर्चाकी दुर्गा पौडेलले पाउने छिन् । यी सबै विषय एकमुष्ठ रूपमा टुङ्ग्याउनुपर्ने भएकाले तत्कालै मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro