काठमाडौं । चीनमा हुने बी एन्ड आर यू-१९ महिला क्रिकेट प्रतियाेगिताका लागि नेपाली टोलीको घोषणा गरिएको हो ।
राष्ट्रिय टिमबाट खेलिसकेकी डली भट्टकाे कप्तानीमा आज १४ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।
यस्तै सिनियर टिमबाट खेलिसकेकी कविता कुँवर उपकप्तान छिन् । यसअघि प्रशिक्षणमा रहेको १८ खेलाडीबाट अाज १४ सदस्यीय अन्तिम टोली र तीन वैकल्पिक घोषणा भएको हो ।
टोलीमा कृतिका मरासिनी, इश्वरी बिस्ट, यसोदा बिस्ट, रुवि पोदार, राजमती ऐरी, लक्ष्मी सावद, खुशी डंगोल, ज्योती दनुवार, निगम तामाङ, शिला क्षेत्री, लक्षिता राजबंशी, गोमा आले, र श्रृष्टि पौडेल पनि अन्तिम १४ मा परेका छन ।
पेमा लिम्बु शेर्पा , हेलिसा लामा गुरुङ र मनिषा राना वैकल्पिक खेलाडीमा रुपमा छन् । नेपाली टिम प्रशिक्षकमा कलाम अली छन् ।