site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गरिबी र भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका माथि गोली प्रहार
Sarbottam CementSarbottam Cement

बग्दाद । इराक प्रहरीले गोली र अश्रु ग्‍यास प्रहार गर्दा दुईजनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । राजधानी बगदादस्थित सरकारको विरोधमा जम्मा भएका हजारौं मानिसमाथि इराक प्रहरीले गोली चलाएको थियो । 

बिहीबार रातिदेखि नै प्रदर्शन हुनसक्ने सम्भावना देखिएकोले सुरक्षा व्यवस्था कडा पारिएको थियो । अक्टोबरको सुरुवातदेखि नै बेरोजागारी, गरिबी बढेको भन्दै सरकारविरुद्ध प्रदर्शन थालिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदर्शनकारीहरुले उच्च बेरोजगारी, गरिबी, सार्वजनिक सेवाको समस्या, भ्रष्टाचार, राजनीतिक नेताहरुले दिने झुठा आश्वासनलगायतका समस्याहरु समाधान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रबार इराक प्रहरीले शुक्रबार बिहान अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरुले अमेरिकी दूतावास र इराकी सरकारी कार्यालय भएको ग्रिन जोनमा प्रवेश गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । 

इराकी जनता इराकमा आर्थिक संकट चरम भएको र पानी तथा बिजुलीजस्ता अत्यावश्यक वस्तु पनि पुर्‍याउन नसकेपछि सरकारवरुद्ध सडकमा उत्रिएका थिए ।  यसवर्षको सुरुवातमा भएका केही प्रदर्शनका क्रममा १४९ जना प्रदर्शनकारीले ज्यान गुमाएका थिए । 

Global Ime bank

अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC